×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

टुबोर्ग बीयर पिउनेहरू होसियार ! (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – टुबोर्ग बियर । नेपालका चर्चित बियरहरु मध्येको एक । होली आउंदैछ । यसपालीको होलीमा पनि सधैंझैं टुबोर्गले मनाऔं होली रमेर भन्दै खुब प्रचार गरिरहेको छ । यतिसम्मकि टुबोर्ग बियरले आफैं समेत विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । तर त्यहि टुबोर्ग बियर पिएर कुनै बेला मान्छे मृत्युको मुखमा पुगेको थियो भन्ने खबर धेरैलाई थाहा नहुन सक्छ । टुबोर्ग बियरले उक्त घटनापछी झन् आक्रामक रुपमा प्रचार प्रशार गरेको थियो । यतिसम्मकि उक्त घटनापछी टुबोर्गको अत्याधिक बदनाम भएपछी विभिन्न बहाना गर्दै बोतलको प्याक समेत परीवर्तन गरेको थियो । 
अहिले पनि विभिन्न स्थानहरुमा टुबोर्ग बियरसम्बन्धी विभिन्न खाले गुनासोहरु आउन थालेका छन् । केहि दिनअघि काठमाडौँका विभिन्न स्थानबाट किनिएका टुबोर्ग बियरभित्र लेदो भेटिएको प्रमाण अर्थ सरोकार डटकमसँग सुरक्षित छ । कतिपयले टुबोर्ग बियर भित्र अन्य अखाद्य बस्तु भेटिएको गुनासो गरेका छन् । हामीले यससम्बन्धि धारावाहिक न्यूजस्टोरी प्रस्तुत गर्दैछौं । 
टुबोर्गका अहिलेका कर्तुतहरु प्रस्तुत गर्नुअघि टुबोर्गका पहिलाका काला कर्तुतहरुबारे जानकार हुन जरुरी छ । केहि बर्षअघि यस्तै घटना घट्यो । काठमाडौँको बसुन्धराको एक होटलमा रमाइलो गर्दै बाग्लुङका देव गौचन र चन्द्रसिंह तामाङ बियर पिउँदै थिए । उनीहरुको रोजाइको बियर थियो – टुबोर्ग । ड्यानिस बियरको ट्रेडमार्क लिएर नेपालमा उत्पादन भइरहेको यो बियर खाएको केही क्षणमै उनीहरु बेहोस भए । हत्तपत्त उनीहरुलाई नजिकैको विनायक अस्पताल लगियो । त्यहाँ उपचार हुन सकेन, अनि ल्याइयो सुन्धाराको लाइफ केयर अस्पताल ।
बियर खाएर मात्तिएर उनीहरु ढलेका थिएनन् । सिसीको पिँधमा लेदो र लेउसमेत लागेको ख्यालै गरेका रहेनछन् उनीहरुले । त्यही कारण बियरमा मेफनल नामक पदार्थ मिसिएको हुन सक्ने शंका चिकित्सकले गरेका छन् । उपचारमा संलग्न लाइफ केयर अस्पतालका डाक्टर समीर केसीले अहिलेसम्मको रिपोर्टका अनुसार गौचन र तामाङले बियर खाएकै कारण बेहोस भएको बताएका छन् ।
बाँकी  सुरेश राजबहाकले युट्युबमा अपलोड गर्नुभएको भिडियोमा हेर्नुहोस् :


यो पनि पढ्नुहोस् :
ज्यानमारा टुबोर्गको कर्तुत नम्बर २ – बोतलभित्र लेदो र फोहोर, मान्छेको ‘महेल’ भएको ग्राहकको दावी (भिडियो प्रमाणसहित)

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: