×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाबुरामलाई अध्यक्ष बनाएर वैशाख पहिलो साता फोरम नयाँ शक्ति एक हुँदै

आँखा चुनाव चिन्ह नपाएर रन्थनिएका नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीबीच वैशाख पहिलो साता एकीकरण हुने तयारी भएको छ । दुई पार्टीबीच एकता अन्तिम चरणमा पुगेको नेताहरुले जनाएका छन । रातारात कुनै अग्राख नपलाए नयाँ वर्ष अवसर पारेर बैशाख पहिलो सातामै एकता घोषणा हुने नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले पृष्ट्याई गरेका छन ।
एकतालाई अन्तिम रुप दिन वार्ता कमिटीका साथै शीर्ष स्तरमा पनि सम्वाद चलिरहेको बताइएको छ । वार्ता कमिटी स्तरबाट टुंगो नलागेका विषय टुग्याउने जिम्मा दुबै पार्टीका नेताद्वय डा. भट्टराई र यादवलाई दिइएको छ । घोषणापत्र, झण्डा, चुनाव चिन्हजस्ता विषयमा लगभग सहमति भएको उनीहरुको दाबी छ ।  एकतापछि पार्टीको नाम पनि परिवर्तन गर्ने सहमति भएको र नाम पनि अन्तिम टुंगो लगाउने तयारी चलिरहेको छ ।
पार्टी एकतापछि पार्टी अध्यक्षमा बाबुराम भट्टराई नै रहने बताइएको छ । पार्टीमा अन्य नेताहरुको पद र जिम्मेवारी पनि टुंगो अन्तिम तयारीमा पुगेको छ । पार्टी एकतासँगै संविधान संशोधनलाई जोडदार रुपमा अगाडी बढाउने तयारी रहेको छ ।
यता,दुई शीर्ष नेताबीच मात्र छलफल गरी पार्टी एकीकरण गर्न खोजेको विषयमा उपेन्द्रका पार्टीका अधिंकाश नेता तथा कार्यकर्ताहरुले भने असन्तृष्टी जनाएका छन । उपेन्द्र यादवका पार्टीका नेताहरुले भने वावुरामका पार्टीका नेताहरुलाई तातो खाँऊ जल्दी मरौं झैं नगर्न आग्रह समेत गर्न थालेका छन । – एस काठमाडौँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: