×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक दर्जन बीमा कम्पनी थपिँदै, इजाजतका लागि बैंकहरुको होडबाजी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ चैत्र २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

एक दर्जन बीमा कम्पनी थपिँदै, इजाजतका लागि बैंकहरुको होडबाजी

 
नेपालमा पुनः एक दर्जन बीमा कम्पनीहरु थपिने देखिएको छ । बीमा कम्पनीहरुको नियामक बीमा समितिले नयाँ बीमा कम्पनीका लागि इजाजत खुला गरेसँगै थप एक दर्जन कम्पनीहरु स्थापना हुने देखिएको हो । यसअघि नै दर्ताको प्रक्रियामा रहेका कम्पनीहरुलाई पनि समितिले अनुमती दिनेछ । चुक्ता पुँजीको नयाँ मापदण्ड ल्याएसँगै समितिले नयाँ बीमा कम्पनी दर्ताका लागि इजाजत खुला गरेको हो । बीमा समितिले हिजो (आइतबार) बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ मार्फत नयाँ कम्पनीको लागि इजाजत खुला गरेको हो ।
‘बीमक दर्ता सम्बन्धी कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन, विदेशी बीमकको दर्ता तथा सञ्चालनका बारेमा व्यवस्था गर्न र बीमा व्यवसाय सञ्चालनका सम्बन्धमा मापदण्ड निर्धारण गर्न आवश्यक भएकोले बीमा ऐन २०४९ को दफा ८ को खण्ड (घ२) बमोजिम अधिकार प्रयोग गरी बीमा समितिले यो बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ बनाई लागू गरेको छ’, आइतबार जारी २५ पुष्ठ लामो निर्देशिकामा भनिएको छ ।

नयाँ बीमा कम्पनी दर्ताका लागि के गर्ने ?
बीमा व्यवसाय गर्ने उद्देश्यले कम्पनी स्थापना गरी प्रचलित कानून अनुसार दर्ताको लागि सम्बन्धित निकायमा निवेदन दिनुअघि बीमा समितिबाट बीमा व्यवसाय गर्ने कम्पनी स्थापना गर्ने सहमति प्राप्त गनुपर्ने निर्देशिकामा जनाइएको छ ।
त्यस्तै कम्पनी स्थापनाका लागि बीमा समितिबाट सहमति प्राप्त गर्नको लागि देहायका कागजात संलग्न गरी समिति समक्ष निवेदन दिनुपर्नेछ :
(क) प्रस्तावित बीमकको प्रबन्धपत्र तथा नियमावली,
(ख) अनुसूची १ बमोजिमको सम्भाव्यता अध्ययन प्रतिवेदन,
(ग) अनुसूची २ को ढाँचामा संस्थापकहरुको व्यक्तिगत विवरण,
(घ) बीमकको स्थापना गर्नुअघि संस्थापकहरुबीच कुनै सम्झौता भए त्यस्तो सम्झौताको प्रमाणित प्रतिलिपि र सो को सारांश,
(ङ) संस्थापकहरु कालो सूचीमा नरहेको वा कालोसूचीबाट हटेको तीन वर्ष पूरा भएको पुष्टी गर्ने कागजात,
(च) संस्थापकहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
(छ) संस्थापकहरुको वित्तीय स्वार्थ भएको कुनै संस्था भए त्यस्तो संस्थाको विवरण खुल्ने कागजात
(ज) प्रस्तावित बीमकको कर्मचारी सेवा शर्त तथा आर्थिक प्रशासन सम्बन्धी विनियमावली,
(झ) बीमाशुल्क निर्धारण गर्ने सम्बन्धमा अवलम्बन गरिने आधारहरु खुल्ने कागजात,
(ञ) बीमा जोखिमांकन, ग्राहक सेवा, बीमा दावी भुक्तानी र वजार प्रवद्र्धन सम्बन्धी छुट्टाछुट्टै दिग्दर्शन,
(ट) प्रस्तावित बीमकले कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थासँग कुनै प्रकारको सेवा लिन चाहेको भए सो सम्बन्धी सम्झौता वा सहमति पत्र,
(ठ) संस्थापकले निवेदन दिनुभन्दा तत्काल अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता गरेको निस्सा,
(ड) संस्थापक सङ्गठित संस्था भएमा सो संस्थाको देहायको थप कागजात तथा विवरणहरुः–
(१) प्रस्तावित बीमकको संस्थापना गर्ने सम्बन्धी सञ्चालक समितिको निर्णय,
(२) प्रबन्धपत्र र नियमावली,
(३) प्रस्तावित बीमकमा लगानी गर्न सक्षम रहेको पुष्टि हुने कागजात,
(४) प्रचलित कानून बमोजिम नियमन हुने व्यवसाय वा कारोबार सञ्चालन गर्ने संस्था भएमा नियमनकारी निकायबाट बीमा व्यवसायमा लगानी गर्न दिएको अनुमति पत्र ।
(५) सञ्चालकहरुको नामावली र निजहरुको वित्तीय स्वार्थ रहेको संस्थाको विवरण,
(६) कम्तीमा एक तिहाइ सँस्थापकले स्नातक तहको उपाधि प्राप्त गरेको प्रमाण,
(७) समितिले आवश्यक ठानेका अन्य कागजात तथा विवरणहरु ।
(४) कुनै विदेशी बीमकले प्रस्तावित बीमकमा संयुक्त लगानी गरी संस्थापना गर्न चाहेमा
उपदफा (३) मा उल्लेखित कागजातका अतिरिक्त देहायका कागजातहरु संलग्न गर्नु पर्नेछः–
(क) सम्बन्धित मुलुकमा बीमा व्यवसाय गर्न पाएको इजाजतपत्र र त्यस्तो इजाजतपत्र नवीकरण गरेको निस्सा,
(ख) नेपालमा संयुक्त लगानीमा प्रस्तावित बीमकको संस्थापन गर्ने सञ्चालक समितिको निर्णय,
(ग) वित्तीय सक्षमता देखिने तीन आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन,
(घ) विदेशी संस्थाको सञ्चालकको नामावली र शेयर स्वामित्वको अनुपात तथा समितिले न्यूनतम ५१ प्रतिशत संस्थापक सेयर ४९ प्रतिशत सर्वसाधारणको सेयर रहने गरी पब्लिक लिमिटेड कम्पनीलाई बीमा कम्पनीको लाइसन्स दिन योग्य भनेको छ । जसमा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब हुने छ ।
विदेशी लगानीमा स्थापना हुने बीमा कम्पनीले ८० प्रतिशत विदेशी लगानी र २० प्रतिशत स्वदेशी लगानीमा बीमा कम्पनी खोल्न सक्ने छन् ।
विदेशी बीमकले सहमति प्राप्त गर्नका लागि पेश गर्नुपर्ने कागजातहरु
 (क) विदेशी बीमकको अधिकारपत्र, प्रमाणपत्र, प्रबन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि,
(ख) विदेशी बीमकको रजिष्टर्ड कार्यालय र कारोवार गर्ने मुख्य स्थानको पुरा नाम
ठेगाना, कम्पनी संस्थापना भएको मिति, त्यस्तो कम्पनीको चुक्ता पूँजी र मुख्य उद्देश्य सम्बन्धी विवरण,
(ग) बीमा व्यवसाय गर्न पाएको इजाजतपत्रको प्रमाणित प्रतिलिपि तथा त्यस्तो इजाजतपत्र नविकरण गरेको निस्सा,
(घ) सम्बन्धित मुलुकको नियमनकारी निकायबाट नेपालमा शाखा कार्यालय खोल्न स्वीकृति प्रदान गरेको निस्साको प्रमाणित प्रतिलिपि,
(ङ) अनुसूची–३ को ढाँचामा पाँच वर्षको व्यवसायिक प्रक्षेपण प्रतिवेदन,
(च) नेपालमा शाखा कार्यालय खोल्न आफ्नो सञ्चालक समितिबाट भएको निर्णयको प्रमाणित प्रतिलिपि,
(छ) तीन आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन,
(ज) बीमा ब्यवसाय गर्न नेपालमा निवेश गर्ने ऐन बमोजिमको लगानी रकम तथा त्यस्तो लगानी गर्न प्राप्त गरेको अनुमति पत्र ।
(झ) तीन वर्ष देखि लगातार कम्तीमा बीबीबी (स्तरीकरण प्रयोजनको अन्तर्राष्ट्रिय स्तरमा क्रेडिट रेटिङ गर्ने सस्थाहरुले स्तरीकरण गर्दा कम्तीमा BBB वा सो सरह स्तरीकृत भएको भन्ने अवस्था) को प्रमाण,
(ञ) विदेशी बीमकले आफुले दर्ता गर्ने शाखा कार्यालयलाई कुनै प्रकारको सेवा दिने भएमा सो सम्बन्धी प्राविधिक सेवा सम्झौता वा सहमती पत्र,
(ट) नेपालमा रहने अख्तियारवाला ब्यक्तिको विवरण, र
(ठ) समितिले आवश्यक ठानेका अन्य विवरण ।
सर्वसाधरणलाई कम्तीमा ३० प्रतिशत सेयर
५० प्रतिशतभन्दा कम विदेशी लगानी भएमा सर्वसाधारणलाई न्यूनतम ३० प्रतिशत सेयर दिनुपर्छ । सेयर जारी गर्दा कायम रहेका कर्मचारीलाई ५ प्रतिशत सेयर अनिवार्य दिनुपर्ने व्यवस्था निर्देशिकामा छ । समितिले आगामी २०७५ असार मसान्तभित्रमा चुक्ता पुँजी निर्जीवन बीमाको हकमा १ अर्ब र जीवन बीमा कम्पनीको हकमा २ अर्ब पुर्याउनुपर्ने छ । संचालनमा रहेका बीमा कम्पनीले तीन महिनाभित्रमा बीमा समितिलाई चुक्ता पुँजी बढाउने योजना पेश गर्नुपर्ने हुन्छ । यदी तोकेको समयमा चुक्ता पुँजी पुर्याउन नसक्ने कम्पनीले समयसिमा सकिनसअघि नै समितिमा निवेदन दिनुपर्ने हुन्छ । समितिलाई बीमा कम्पनीले चुक्ता पुँजी पुर्याउन नसकेको कारणमा चिक्त बुझे थप तीन महिना पुँजी बृद्धिको लागि समय थप गर्न सक्ने छ तर चित्त नबुझे आवश्यक कारबाही गर्ने छ ।

कतिले दिए आवेदन ?
बीमा समिति श्रोतका अनुसार अहिलेसम्म १० भन्दा बढीले कम्पनी दर्ताको लागि आवेदन दिइसकेका छन् । नयाँ बीमा कम्पनी इजाजत माग्नेहरुमध्ये अधिकांश बैंक तथा वित्त कम्पनी र यससँग सम्बन्धित कम्पनीहरु रहेका छन् । आवेदन आउने क्रम जारी छ । आवेदनमध्ये मापदण्ड पूरा गरेकाहरुलाई समितिले इजाजत दिनेछ ।
पछिल्लो पटक तत्कालिन महालक्ष्मी फाइनान्स (हाल महालक्ष्मी बिकास बैंक) ले ४ करोड ७० लाख सेयर रहने गरि महालक्ष्मी लाइफ इन्स्योरेन्स स्थापना गर्न आवेदन दिएको थियो । सो समय रिलायबल डेभलपमेन्ट बैंकले रिलायबल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंकले रिलायन्स लाइफ इन्स्योरेनस, तत्कालिन पब्लिक डेभलपमेन्ट बैंकले सन नेपाल लाइफ इन्स्योरेन्सको अनुमतिको लागि दर्ता गराएका थिए । त्यस्तै, नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सले स्ट्रार लाइफ इन्स्योरेन्स र नेपाल डभलपमेन्ट बैंकर्स एशोसिएशनले पनि जनरल इन्स्योरेन्स स्थापनाको अनुमती मागेको छ ।  
मोगा बैंकले पनि नयाँ बीमा कम्पनी सञ्चालनका लाग आवेदन दिइएको बताइएको छ ।  त्यस्तै भारतमा बैंक सहित बीमा कम्पनी चलाइरहेको एसबिआई बैंकको नेपालीसँगको साझेदारीमा स्थापित नेपाल एसबीआई बैंकले पनि नेपालमा पनि बीमा कम्पनी चलाउन आवेदन दिएको छ ।  – बैंकिङ्ग खबर
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: