×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्सले कमायो ८८ करोड खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ करोड २८ लाख ५५ हजार खुद नाफा कमाएको छ । यो नाफा गत बर्षको सोही अवधिको तुलनामा २१.८१ प्रतिशतले बढी हो । गत वर्ष यही बेला बैंकले ७२ करोड ४७ लाख ७९ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । बैंकको खुद नाफा बढ्नुमा राइट ब्याकको मुख्य हात देखिन्छ । सिटिजन्सले यो त्रैमासमा ८२ करोड ९४ लाख ८७ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । यस्तै, बैंकले सम्भावित जोखिमका लागि २३ करोड १९ लाख ५ हजार रुपैयाँ छुट्याएको छ । यो त्रैमासमा बैंकले १ अर्ब २५ करोड ४८ लाख १८ हजार खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।  बैंकको खुद ब्याज आम्दानी गत वर्षको यहि त्रैमासमा भन्दा ९ करोड ४६ लाख ७४ हजार रुपैयाँले धेरै हो । गत वर्षको यही बेला सिटिजन्सले १ अर्ब १६ करोड १ लाख ४४ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्ष भन्दा यसपटक खुद ब्याज आम्दानी केही बढाए पनि बृद्धि अनुपात भने केही कम देखिन्छ । सिटिजन्सको चुक्ता पुँजी गत वर्षको तुलनामा २ अर्ब ८१ करोड १२ लाख ६ हजार रुपैयाँले बढोत्तरी भएको छ । यो त्रैमाससम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ५ अर्ब ८७ करोड ६४ लाख ४० हजार रुपैयाँ छ ।  गत वर्ष यही त्रैमासमा बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड ५२ लाख ३४ हजार रुपैयाँ मात्र रहेको थियो । बैंकले जगेडा कोषको आकार गत वर्षको तेस्रो त्रैमासमा भन्दा ७७ करोड ६७ लाख ५२ हजार रुपैयाँ बढाएको छ । गत वर्ष यही अवधिमा जगेडा कोषमा १ अर्ब ३९ करोड ९४ लाख २७ हजार रुपैयाँ रहेकोमा अहिले २ अर्ब १७ करोड २३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: