×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नवराज सिलवाललाई आजै थुनामुक्त गर्न सर्वाेच्च अदालतको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले डीआईजी नवराज सिलवाललाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न आदेश दिएको छ । आफूलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै डीआईजी सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहबरमा आजै रिहा गर्न आदेश दिएको छ । प्रहरीको छानबिन टोलीले डीआईजी सिलवाललाई सोमबार बिहान बालुवाटारस्थित शभ्भु थापाको घरबाट नियन्त्रणमा लिएको थियो । सिलवाल विहान शभ्भ्ु थापाको घरमा कानुनी सल्लाह लिन पुगेको समयमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनीसँगै शभ्भु थापालाई पनि नियन्त्रणमा लिएको हो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: