×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः विकास बैंकको खुद नाफा २५५.२६% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – देवः को खुद नाफा २५५.२६% ले वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा १९ करोड ९० लाख ५८ हजार रुपैयाँ पुगेको छ भने गत वर्ष यही बेला देवः को खुद नाफा ५ करोड ६० लाख ३१ हजार रुपैयाँमात्र थियो । बैंकले खुद ब्याज आम्दानी पनि ७७.७६% ले बढाएको छ । गत वर्षको तेस्रो त्रैमासमा २२ करोड ३३ लाख ६८ हजार रुपैयाँ रहेको खुद नाफा यो वर्ष ३९ करोड ७० लाख ५३ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा पनि ८ करोड ७२ लाख ४९ हजार रुपैयाँबाट ३१ करोड ४० लाख २२ हजार रुपैयाँ पुगेको छ । देवः ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ९ अर्ब ८१ करोड ८३ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो निक्षेपमध्ये २३ लाख ८१ हजार रुपैयाँ बराबर विदेशी मुद्रा पनि छ । 
बैंकले यसअवधिसम्म आइपुग्दा ८ अर्ब ७७ करोड ७३ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा बैंकले खराब कर्जामा पनि उल्लेख्य सुधार गरेको छ । गत वर्ष ४.९६% रहेको खराब कर्जालाई यो त्रैमासमा १.३९% मा सीमित राख्न बैंक सफल भएको छ । देवः को कर्जा निक्षेप अनुपात ७६.१७% छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा देवः को चुक्ता पुँजी एक अर्ब ३८ करोड ३२ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष भन्दा ६९.०७% ले चुक्ता पुँजी वृद्धि भएको हो । यसैगरी, बैंकको रिजर्भ कोषमा ३४ करोड ९४ लाख २३ हजार रुपैयाँ छ । देवः को प्रतिसेयर आम्दानी १९ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २६ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: