सुनचाँदीको मूल्य स्थिर

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य  स्थिर रहेको छ । आइतबार प्रति तोला ५५ हजार ७  सयमा कारोबार भएको छापावाला  सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ  ।

त्यस्तै गरि चाँदी पनि स्थिर रहदै प्रति तोला ८ सय १५ मा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार  ७  सय ५५  रुपियाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९९ रुपियाँ कायम गरेको छ।  
प्रकाशित : Monday, April 17, 2017
,

recent

Popular Posts