×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महुली लघुवित्तको आइपीओ खुल्यो, आवेदन दिन कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 

कामाडौं – महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ बिक्री खुला भएको छ । महुलीले बैशाख ७ गतेदेखि १०० रुपैयाँ अंकित दरको एक लाख २० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । यसमध्ये ४ हजार ८०० कित्ता कर्मचारीलाई र ६ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । महुलीको आइपीओ छिटोमा वैशाख ११ र ढिलोमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।  ओ आइपीओमा एनसीएम मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । महुलीले जारी पुँजी चार करोड रुपैयाँको ३०% सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । आइपीओ बिक्रीपछि संस्थापक सेयरधनीको स्वामित्व ७०% र सर्वसाधारणको स्वामित्व ३०% हुनेछ । यसको अधिकृत पुँजी १५ करोड रुपैयाँ छ । आस्वाबाट पनि सेयर भर्न सकिनेछ । 

यस्ता छन् सेयर भर्ने केन्द्रहरु

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: