गाभिए जनता र त्रिवेणी, चैत्र २५ गतेदेखि एकीकृत कारोबार
Powered by Blogger.
गाभिए जनता र त्रिवेणी, चैत्र २५ गतेदेखि एकीकृत कारोबार

जनता बैंक लिमिटेडले त्रिवेणी विकास बैंकलाई गाभेर चैत्र २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । जनता र त्रिवेणी एक बराबर एकको स्वाप रेसियोमा एकआपसमा गाभिएका हुन् । मर्जरका लागि यी दुई बैंकले गत कात्तिक १७ गते सम्झौता गरेका थिए । 

एकीकृत कारोबारसम्बन्धी आवश्यक वित्तीय व्यवस्था मिलाउनका लागि चैत्र २४ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गरिने समेत जानकारी दिइएको छ । एकीकृत कारोबार सुरु गर्नका लागि चैत्र ६ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले चैत्र १३ गते अनुमति दिएको थियो ।  

मर्जरपछि जनता बैंकको चुक्तापुँजी चार अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । आठ अर्ब चुक्तापुँजी पुर्याउन जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ । यी दुई बैंकबीच पनि एक बराबर एकको स्वाप रेसियो तय भएको छ । यसअघि जताले त्रिवेणीलाई गाभेर कायम चुक्तापुँजीको ६० प्रतिशत हकप्रद जारी गरेर पुँजी पुर्याउने निर्णय अघि सारेको थियो । तर, सिद्धार्थलाई खरिद गरेपछि आठ अर्ब चुक्तापुँजी नाघ्ने भएकाले हकप्रद निष्काशनको निर्णयमाथि पुनर्विचार गरिने भएको छ । 

प्रकाशित मिति : Monday, April 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...