×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ज्योतिको हकप्रदमा भयो मूल्य समायोजन, समायोजन पछि कतिमा खुल्यो कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – ज्योति विकास बैंकको १०० प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले ज्योतिको १०० प्रतिशत हकप्रदपछि २४७ रुपैयाँमा मूल्य समायोजन गरेको हो । यसआधारमा ज्योतिको बिहीबार पहिलो कारोबार २४७ रुपैयाँमा खुलेको छ । यसैगरी, बैंकको औसत आधार मूल्य २३२ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । ज्योतिले चुक्ता पुँजी बढाउन १०० प्रतिशत हकप्रदको बाटो रोजेको हो । ज्योतिले वैशाख २८ देखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यकोे १ करोड १० लाख ४३ हजार १७१  हजार कित्ता सेयर बिक्री गर्नेछ । यो हकप्रद सेयर जेठ ३१ गतेसम्म भर्न पाइनेछ ।
हकप्रद सेयर निष्कासनपछि ज्योतिको चुक्ता पुँजी २ अर्ब २० करोड ८६ लाख  ३४ हजार २०० रुपैयाँ पुग्नेछ । ज्योतिले चुक्ता पुँजी बढाउने क्रममा यसअघि नै राप्तीभेरी विकास बैंकलाई एक्वायर गर्ने सम्झौतामा पनि हस्ताक्षर गरिसकेको छ ।  राष्ट्रियस्तरका विकास बैंकले यो असार मसान्त भित्र २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने प्रावधान छ । ज्योतिलाई अब राप्तीभेरीलाई एक्वायर अनि हकप्रद बिक्रीपछि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन थप सजिलो हुनेछ ।
ज्योति विकास बैंक कमलादी काठमाडौंं र ज्योतिको देशभरका अधिकांश शाखा कार्यालयबाट हकप्रद आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर काठमाडौंबाट पनि आवेदन दिन पाइनेछ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ४३ करोड ४३ लाख १७ हजार १०० रुपैयाँ छ । ज्योतिले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ५४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ६७ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: