×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

काबेलीको २०% बोनसमा मूल्य समायोजन, समायोजनपछि कति रुपैयाँमा खुल्यो कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – काबेली विकास बैंकको २०% बोनस सेयरमा नेप्सेले बुधबार मूल्य समायोजन गरेर प्रतिकित्ता ५८३ रुपैयाँ भाउ तोकेको हो । यस आधारमा बुधबार बैंकको सेयर कारोबार प्रतिकित्ता ५८३ रुपैयाँमा खुलेको हो  भने यसको औसत आधार मूल्य ५२८ रुपैयाँ छ । काबेलीले वैशाख २७ गते साधारण सभा बोलाएर २०% बोनस सेयर दिने प्रस्ताव गरेको छ । 
सभाधारण सभामा ५०% हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि छ । बैंकले ५०% नै हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बैंकले फेरि अर्को ५० प्रतिशत हकप्रद निष्कासनका लागि साधारण सभामा प्रस्ताव लैजाँदैछ । हाल काबेलीको चुक्ता पुँजी ७ करोड ४ लाख रुपैयाँ भन्दा बढी छ । बैंकले गत आर्थिक वर्षमा २ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: