×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालिका माइक्रोक्रेडिटले गरे बोनसमा मूल्य समायोजन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल स्टक एक्सचेन्जले आज  कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको मूल्य समायोजन गरेको छ । बैंकको ६५% बोनस सेयरपछि प्रतिकित्ता १५ सय ७५ रुपैयाँमा मूल्य समायोजन भएको बताएको छ । यस आधारमा बोनस समायोजनपछि मंगलबार कालिकाको सेयर कारोबार प्रतिकित्ता १५ सय ७५ रुपैयाँमा खुलेको छ । कालिकाको औसत आधार मूल्य भने ८३८ रुपैयाँ छ । 
कालिकाले ६५% बोनस सेयर पारित गराउन बैशाख २३ मा साधारण सभा बोलाएको छ । कम्पनीले बोनसमा लाग्ने कर तिर्न १७ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । कालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ३९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कालिकाको चुक्ता पुँजी पाँच करोड रुपैयाँ छ भने रिजर्भ कोषमा सात करोड ५४ लाख ६२ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ २५० रुपैयाँ ९२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: