कुमारीको बैंकको हकप्रद भर्ने आज अन्तिम दिन


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - बैशाख १० गते कुमारीको ५०% हकप्रद भर्ने अन्तिम दिन हो । बैंकले चैत ६ गतेदेखि २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको एक करोड ३४ लाख ९५ हजार ८३२.६६ कित्ता हकप्रद सेयर बिक्री गर्दै आएको छ । कुमारीको हकप्रद फागुन १९ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् ।

कुमारी बैंकको दरबारमार्गसहित अधिकांश शाखा कार्यालयबाट हकप्रदको आवेदन दिन सकिनेछ । यसैगरी, यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर काठमाडौंबाट पनि आवेदन दिन पाइनेछ । 
प्रकाशित : Sunday, April 23, 2017

recent

Popular Posts