×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी बैंकको हकप्रद सेयर खुल्यो, यी ठाउँबाट भर्ने सकिन्छ फारम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – बैशाख ३ गतेदेखि लक्ष्मी बैंकको १००% हकप्रद सेयर  बिक्री खुला भएको छ । लक्ष्मीले १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रदको अंकित मूल्य एक सय रुपैयाँ र  जेष्ठ ७ गतेसम्म भर्न पाइने बताइएको छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन लक्ष्मीले १०० हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको हकप्रद सेयरमा चैत १७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
फारम भर्ने ठाउँहरु 
लक्ष्मी बैंकको हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हात्तिसार काठमाडौंसहित देशभरका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन कसरत गरिरहेको लक्ष्मीले यसअघि नै प्रोफेसनल दियालो विकासलाई गाभेर माघ २ गतेबाट एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । लक्ष्मीले प्रोफेसनल दियालोलाई गाभेपछि कायम हुने चुक्ता पुँजीबाट १००% हकप्रद बिक्री गर्न लागेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: