×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मञ्जुश्री फाइनान्सको सेयर लिलामीमा किन्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – मञ्जुश्री फाइनान्सको ५ लाख ३८ हजार ७७४ कित्ता सेयर किन्ने आइतबार अन्तिम दिन हो । आज कार्यालय समय भित्र यो लिलामी सेयरमा आवेदन दिईसक्नुपर्नेछ ।  लगानीकर्ताले न्यूनतम प्रतिसेयर १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिन सक्नेछन् । फाइनान्सले यसअघि लिलामीमा निष्कासन गर्दा बिक्री नभएको सेयर पुनःलिलामीमा बिक्री खुला गरेको हो । 
यसअघि कम्पनीले हकप्रद निष्कासनका बेला बिक्री नभएको ९ लाख ३५ हजार ७४ कित्ता संस्थापक सेयर र ६९ हजार १६ सर्वसाधारण समूहको सेयर लिलामी गरेको थियो । त्यो समयमा पनि बिक्री नभएपछि कम्पनीले संस्थापक समूहको ५ लाख ३८ हजार ७७४ कित्ता सेयर पुनः लिलामीमा बिक्री खुला गरेको हो । यो लिलामी सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । 
आवेदन दिदा कम्पनीको बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड, लालदरबार काठमाडौंमा बोलपत्र फारम पुग्नेगरी आवेदन दिनुपर्नेछ । बोलपत्र वैशाख १९ गते दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने मञ्जुश्रीले जानकारी गराएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: