×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथको खुद नाफा ४३.०२% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकले ३५ करोड ५१ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्ष यही अवधिको तुलनामा ४३.०२% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष यही बेला मुक्तिनाथको खुद नाफा २४ करोड ८२ लाख ९६ हजार रुपैयाँ थियो । बैंकले यो त्रैमासमा ७३ करोड १० लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी पनि गत वर्ष यही त्रैमासको भन्दा ५१.७०% ले बढेको हो । मुक्तिनाथले गत वर्ष तेस्रो त्रैमासको तुलनामा निक्षेप संकलन ५३.८४% ले वृद्धि गरी १५ अर्ब १४ करोड ८३ लाख ६४ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकले १४ अर्ब १७ करोड ४६ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । मुक्तिनाथको खराब कर्जा अत्यन्त न्यून छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म आइपुग्दा खराब कर्जा ०.१०% मा सीमित छ । बैंकको चुक्ता पुँजी १ अर्ब ५४ करोड २७ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष मुक्तिनाथको चुक्ता पुँजी ८३ करोड ८४ लाख ३२ हजार रुपैयाँ थियो । यो त्रैमासमा बैंकको रिजर्भ कोषमा ६३ करोड ४८ लाख ९७ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३०.६९ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४.७४ रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: