बैशाख ७ गते देखि एनबि बैंकको हकप्रद सेयर खुल्दै, कुन ठाउँबाट आवेदन दिने
Powered by Blogger.
बैशाख ७ गते देखि एनबि बैंकको हकप्रद सेयर खुल्दै, कुन ठाउँबाट आवेदन दिने


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - बैशाख ७ गतेदेखि नेपाल बंगलादेश बैंकले बैशाख ७ गतेदेखि ८०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।बैंकले १०ः८ अनुपातमा १० कित्ता बराबर थप नयाँ ८ कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । यसआधारमा बैंकले १०० रुपैयाँ अंकित मूल्यको तीन अर्ब २० करोड ९४ लाख ६ हजार ८८० रुपैयाँको तीन करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ । हकप्रद सेयर जेष्ठ १० गतेसम्म भर्न पाइनेछ ।  चैत १६ गते सम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

आवेदन दिने ठाउँ 
हकप्रद सेयरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, एनबि बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंलगायत बैंकका देशैभरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रदमा सेयरमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेड गर्नेछ । 


Published Date : Tuesday, April 11, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...