नेपाल बंगलादेश बैंकको हकप्रद सेयर आजदेखि खुल्यो, कहाँबाट आवेदन दिने ?
Powered by Blogger.
नेपाल बंगलादेश बैंकको हकप्रद सेयर आजदेखि खुल्यो, कहाँबाट आवेदन दिने ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल बंगलादेश बैंकको ८०% हकप्रद सेयर बिक्री आजदेखि खुला भएको छ । बैंकले १०ः८ अनुपातमा हकप्रद सेयर बेच्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको तीन अर्ब २० करोड ९४ लाख ६ हजार ८८० रुपैयाँको तीन करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद सेयर जेष्ठ १० गते सम्म भर्न पाइनेछ । कम्पनीको हकप्रद सेयरमा आवेदन दिन चैत १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् ।

आवेदन भर्ने ठाउँ 
यो हकप्रद सेयरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंलगायत बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रदमा सेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहनेछ । 


Published Date : Thursday, April 20, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...