×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बंगलादेश बैंकले कमाए ८२ करोड खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकले ८२ करोड ७६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्ष यही अवधिको तुलनामा खुद नाफा १८.१६% ले वृद्धि भएको छ । गत वर्ष बैंकको खुद नाफा ७० करोड ४ लाख ६ हजार रुपैयाँ थियो । यसैगरी, गत वर्षसँग तुलना गर्दा बैंकको खुद ब्याज आम्दानी पनि १२.११% ले बढेको देखिन्छ । यो त्रैमासमा बैंकले १ अर्ब ८ करोड ९४ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । नेपाल बंगलादेश बैंकले १२ करोड ६६ लाख ७२ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने सम्भावित जोखिमका लागि १९ करोड ४९ लाख ८४ हजार रुपैयाँ छुट्याएको छ । 
बैंकले तेस्रो त्रैमाससम्म आइपुग्दा ३८ अर्ब ५३ करोड ५५ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, बैंकले ३७ अर्ब २४ करोड ८९ लाख ४ हजार रुपैयाँ कर्जा प्रवाह गर्न पनि सफल भएको देखिन्छ । बंगलादेश बैंकले खराब कर्जालाई पनि १.०१% मा सीमित राखेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७२.३०% छ । हाल बैंकको कस्ट अफ फन्ड ४.९१% छ । गत वर्ष यही अवधिमा कस्ट अफ फन्ड ४.२५% थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ५ अर्ब ५१ करोड ४० लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
पुँजी गत वर्षको भन्दा ८१.४३% ले वृद्धि भएको हो । बैंकको रिजर्भ कोषमा भने २ अर्ब ८५ करोड ५२ लाख ४३ हजार रुपैयाँ छ । नेपाल बंगलादेशको प्रतिसेयर आम्दानी २८ रुपैयाँ (वार्षिकीकरण) र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: