×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबिको खुद नाफा १ अर्ब १४ करोडले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि बैैंकले १ अर्ब १४ करोड ३५ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले खुद नाफा ४८.२८% ले बढोत्तरी गरेको हो । गत वर्ष बैंकको खुद नाफा ७७ करोड ११ लाख ९२ हजार रुपैयाँ मात्र थियो । एनएमिबले तेस्रो त्रैमासमा १ अर्ब ८५ करोड ६७ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेपछि समग्र नाफा वृद्धि गर्न सजिलो भएको हो । बैंकले खुद ब्याज आम्दानी पनि गत वर्ष भन्दा ३५.१०% ले बढाएको हो । एनएमबिले यो त्रैमाससम्म आइपुग्दा ७१ अर्ब १५ करोड ९ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब २४ करोड २१ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.७०% छ ।
एनएमबिले ४९ करोड ९८ लाख ४६ हजार रुपैयाँ राइट ब्याक गर्दा सम्भावित जोखिमका लागि ४३ करोड ७७ लाख ८३ हजार रुपैयाँ छुट्याएको छ । तेस्रो त्रैमासमा एनएमबिको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ देखिन्छ । बैंकको रिजर्भ कोषमा ३ अर्ब ९५ करोड ५१ लाख २१ हजार रुपैयाँ छ । चुक्ता पुँजी बढाउँदै जाँदा रिजर्भ कोषलाई पनि थप दरिलो पार्नुपर्ने देखिन्छ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १९ % बोनस सेयर दिएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८१ पैसा (वार्षिकीकरण) रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ भने १६१ रुपैयाँ २१ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: