नेपाल बैंकको सेयर किन्ने आज अन्तिम दिन, मंगलबारदेखि बुक क्लोज गर्दै
Powered by Blogger.
नेपाल बैंकको सेयर किन्ने आज अन्तिम दिन, मंगलबारदेखि बुक क्लोज गर्दै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल बैंकको २४.७४% हकप्रद सुरक्षित गर्न सेयर किन्ने सोमबार (आज) अन्तिम दिन हो । बैंकले बैशाख ७ देखि जेठ १० गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्न मंगलबारदेखि बुक क्लोज गर्दैछ । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा सोमबार नै नेपाल बैंकको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीहरुले भने स्वतः हकप्रद भर्न पाउनेछन् । नेपाल बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गरेको छ । यसमा सिभिलको सुन्धारास्थित कार्यालय र नेपाल बैंकको केन्द्रीय कार्यालयसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी राष्ट्र बैंकले तोके अनुसार पुग्नेछ । दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब ८९ करोड ५० लाख ७६ हजार रुपैयाँ खुद नाफा गरिसकेको छ । यो नाफा नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो । नेपाल बैंकको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५४ पैसा छ ।

प्रकाशित मिति : Monday, April 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...