×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसबीआई बैंकले पायो ४०% हकप्रद बिक्री गर्ने अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल एसबीआई बैंकले धितोपत्र बोर्डबाट ४०% हकप्रद सेयर निष्कासनका लागि  अनुमति पाएको छ । एसबीआईले १ अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैयाँको १ करोड ९९ लाख १९ हजार ४२३.६० कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको हो । १०ः४ अनुपातमा आउने यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । बोर्डबाट अनुमति पाएकाले अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ । राष्ट्र बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउन निर्देशन दिएपछि बैंकले आकर्षक हकप्रदको बाटो रोजेको हो ।
एसबीआईले यसअघि पनि प्रिमियममा प्रतिसेयर ९ सय ७१ रुपैयाँ दरले कुल ६७ हजार ७६७.८७ कित्ता एफपीओ बिक्री गरेको थियो । यो एफपीओ बाँडफाँट भइसकेको छ । बैंकले एफपीओमा लगानी गरेकाले समेत पाउने गरी हकप्रद ल्याउन लागेको हो । गत वर्षको नाफाबाट बैंकले लगानीकर्तालाई २८ प्रतिशत बोनस सेयर पनि दिइसकेको छ । दोस्रो त्रैमासमा बैंकले प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७ पैसा रहेको बैंकको प्रतीसेयर नेटवर्थ १९९ रुपैयाँ २० पैसा देखाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: