×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गृहमन्त्री निधिले प्रधानमन्त्रीलाई थर्काए पछि आइतबार सर्यो मन्त्रिपरिषद्को बैठक

काठमाडौँ – यस्तो जात्रा अन्त कहाँ देख्न पाइन्छ ? ५४ दिन भयो प्रहरी संगठन निमित्त प्रहरी प्रमुखको भरमा चलेको,अख्तियारमा प्रमुख नहुँदा उस्तै भद्रगोल छ । यता,विगत तीन साता देखि मन्त्रिपरिषद्को वैठक बस्न सकेको छैन ।
आज दिँउसोलाई तय भएको क्याविनेट बैठक रोकिनुमा गृहमन्त्रीको भुमिका मुख्य मानिएको छ । आज गृहमन्त्री निधि वालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएर फर्किएका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई आफूलाई बरियतामा कमल थापाभन्दा  तल नपार्न आग्रह थापालाई वरिष्ठ उपप्रम बनाए आफूलाई अस्वीकार्य हुने चेतावनी दिएका थिए ।
दुई उपप्रधानमन्त्री कमल थापा र विमलेन्द्र निधिबीच देखिएको वरियता विवाद सुल्झन नसक्दा आज बस्ने भनिएको नियमति मन्त्रिपरिषद्को बैठक समेत सर्न पुगेको छ । वरिष्ठताको विवादका कारण मन्त्रिषरिषद्को बैठक सरेको भए पनि सूचना तथा संचारमन्त्री राम कार्की भने मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन बैठक सरेको जिकिर गर्न थालेका छन । तीन सातादेखि मन्त्रिपरिषद् बैठक बस्न नसक्दा निर्णयका लागि फाइलको चाङ लागेको छ। मन्त्रिपरिषद्को बैठक प्रभावित हुनुको अर्को कारण भने प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योल थपिनु । देउवाले जयबहादुर चन्दलाई ल्याउने चाहनाका कारण पनि मन्त्रिपरिषद् वैठक रोकिन पुगेको हो ।
यता, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहाललाई भेटेर वरियताक्रममा आफूलाई पछि पारिए मान्य नहुने चेतावनी दिइसकेका छन्। मन्त्री निधिले प्रथम उपप्रमलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको हुनाले पनि समस्या लम्बिएको हो । उता,कमल थापाले आफूलाई बरियताक्रममा पछि पारिए सरकारबाट फिर्ता हुने चेतावनी दिइसकेको छन ।
यी दुईबीचको लफडा चल्दा मन्त्रिपरिषद्को बैठक आइतबारसम्मलाई सरेको छ । – एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: