×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डले निधिलाई रोजे,कमल थापाले केपी ओलीको साथ खोजे

प्रधानमन्त्री प्रचण्डले वरिष्ठ उपप्रधानमन्त्रीको रुपमा विमलेन्द्र निधिलाई रोज्ने पक्का भएपछि बिच्किएका  कमल थापा केपी ओलीको शरणमा पुगेका छन । कमल थापा र विमलेन्द्र निधिबीचको वरियताको विवादका कारण तीन साता देखि बस्न नसकेको क्याविनेट बैठक प्रचण्डले आफूपछिको वरीयतामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई दिएर निधिलाई मनाउने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले निधिलाई वरियताको क्रममा दोश्रो नम्बरमा राख्ने भएसँगै रुष्ट भएका कमल थापाले समर्थन फिर्ता  लिने सम्बन्धमा एमाले अध्यक्ष केपी ओलीसँग सल्लाह गरेका छन ।   निधि र थापाको वरीयता विवादका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित बनेको छ । मन्त्रिपरिषद् बैठकबाट आफ्नो चीन भ्रमण स्वीकृत नगराई प्रधानमन्त्री प्रचण्ड भ्रमणमा गएका थिए । थापा सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद्को बैठक एकपटक मात्र बसेको छ ।
पछिल्लो बैठक ३ चैतमा बसेको थियो । त्यसवेला प्रधानमन्त्रीले थापालाई आफूपछिको वरीयतामा राखेका थिए । निधि नयाँदिल्लीमा रहेकाले बैठकमा उपस्थित थिएनन् । थापा सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्रीले आफूपछिको वरीयतामा निधिलाई राख्दै आएका थिए । आफू विदेश भ्रमणमा जाँदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि निधिलाई नै दिँदै आएका थिए । तर, चीन भ्रमणमा जाँदा भने विवादका कारण कसैलाई पनि कार्यबाहक दिएनन् ।
यता,प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुबीच स्थानीय तह निर्वाचन र सम्भावित सत्ता समीकरणबारे विशेष वार्ता भएको छ ।छलफलमा एमालेका तर्फबाट अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख तथा संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङ र नेता विष्णु पौडेल सहभागी थिए ।
राप्रपाका तर्फबाट अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा तथा  बुद्धिमान तामाङ र राजीव पराजुली सहभागी थिए । स्थानीय तह निर्वाचन, सम्भावित सत्ता समीकरण र संविधान संशोधन सम्बधी विषयमा छलफल भएको एमालेका ती नेताले जानकारी दिए ।पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तेस्रो ठूलो हैसियतका साथ सहभागी राप्रपाले समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्ने छ ।
तर, उपप्रधानमन्त्रीको वरियतामा विवाद देखिएसँगै राप्रपा सरकारको विकल्प खोज्नसक्ने स्थितिमा देखिएको जानकारहरु बताउँछन् । – एस काठमाडौं
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: