प्रधानमन्त्री प्रचण्डलाई भारतीय राजदुतको चक्मा,दिमाग चाटेर उडे दिल्ली
Powered by Blogger.
प्रधानमन्त्री प्रचण्डलाई भारतीय राजदुतको चक्मा,दिमाग चाटेर उडे दिल्ली

काठमाडौँ - प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण गरे लगत्तै छिमेकी मुलुक भारत उनीसँग चिडिएको छ । भारतकै जोडबलमा प्रधानमन्त्री बनेका प्रचण्डसँग भारत चिढिएको पछिल्लो कडी हो नवनियुक्त राजदुत मञ्जिव पुरी र प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्ता ।

चीन भ्रमणमा निस्कनु अगाडि नै भारतीय राजदुत मञ्जिव पुरी नेपाल आउने पक्का भइसकेको थियो । उनले प्रधानमन्त्री प्रचण्डलाई चीन जानु अगाडि नै भेट्ने कार्यक्रम समेत तय भइसकेको थियो । तर मञ्जिव पुरी एक दिन ढिला गरी नेपाल आए । उनी नेपाल आउँदा प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गरिसकेका थिए ।

कुनै पनि राजदुतको पहिलो राजनीतिक भेटघाट त्यहाँको प्रधानमन्त्रीबाट सुरु हुन्छ । तर नवनियुक्त भारतीय राजदुतको हकमा भइदियो ढ्याक्कै उल्टो । उनले पहिलो राजनीतिक भेट कांग्रेस सभापति देउवासँग गरे । देउवालाई वुढानिलकण्ठस्थित उनकै निवासमा पुगेर भेट गरे । दोश्रो भेटका रुपमा एमाले अध्यक्ष केपी ओलीसँग भयो । त्योृ भेट सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा भएको थियो ।

तेश्रो भेट मधेसी दलका नेताहरुसँग गरे । भारतीय राजदुत सिंहले एउटा भेट तमलोपा पार्टी कार्यलयमा महन्थ ठाकुरसँग एक्लै गरे भने मधेसी नेताहरुसँग दोश्रो भेट सोही साँझ भारतीय दुतावास लैनचौरमा राजेन्द्र महत्तो,उपेन्द्र यादव,महन्थ ठाकुरहरुसँग गरे । अरु साना दलका मधेसी नेताहरुलाई राजदुतले भेट गर्न चाहेनन् । यी सबै नेताहरुलाई भेट गरिसकेपछि अन्तमा मात्र प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदुतबीच भेट भयो ।

यी सबैसँग भेट गरिसके पछि यहाँको सन्देश बोकेर राजदुत दिल्ली उडेका छन । यसरी सुरुमा प्रधानमन्त्री प्रचण्डलाई झुक्काउनु र अन्तमा सबै दलका नेतालाई भेट गरेपछि प्रधानमन्त्रीसँग भेट गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । - एस काठमाडौं

प्रकाशित मिति : Wednesday, April 5, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...