×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राप्रपामा भित्रिएपछि रेखा थापालाई आइलाग्यो ‘अफरै अफर’

काठमाडौँ – स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा टुरिष्ट उमेम्म्द्धारहरु मैदानमा देखिन थालेका छन । यसमा केही टुरिष्ट उम्मेद्धार छन भने केही भित्ते उम्मेद्धार । यसैबीच राप्रपाले रेखा थापालाई काठमाडौंबाट टुरिष्ट उमेम्म्द्धार बनाउने उठाउने भएको छ । राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा नायिका रेखा थापालाई छनोट गरेको हो । राप्रपाले मेयरमा पार्टीका राजाराम श्रेष्ठ र उपमेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी थालेको हो ।
तर रेखाले भने इन्कार गरेकी छिन । पार्टीको उक्त प्रस्तावमा रेखाले पछि छलफल गरौंला भन्दै पन्छिएकी छिन । हालै मात्र राप्रपामा प्रवेश गरी केन्द्रीय सदस्य पद पड्काएकी रेखा गत दोस्रो संविधानसभामा माओवादीको तर्फबाट समानुपातिकतर्फ सभासदको टिकट दिने चर्चा गरिएकी व्यक्ति हुन ।
तर,मतदाता नामावलीमै नाम नभएपछि उनी हिस्स बनेकी थिईन । मोरङ स्थायी घर भएकी रेखाको मतदाता नामावलीको क्रमसंख्या १२६० रहेको छ । – एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: