×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहयोगी विकास बैंकले ३५ प्रतिशत हकप्रद खुल्दै, कहाँ दिने आवेदन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सहयोगीले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ दरको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बैंकले १०ः३.५ अनुपातमा निष्कासन गर्ने यो हकप्रद असार ४ गतेसम्म भर्न पाइनेछ । सहयोगी विकास बैंकले जेठ १ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
सहयोगी विकास बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडले गरेको हो । लगानीकर्ताले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड कमलपोखरी र सहयोगी विकास बैंकको प्रधान कार्यालय जनकपुर तथा यसका महोत्तरी, धनुषा र सिन्धुलीमा रहेका शाखा कार्यालयबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: