×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १३% बोनस सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा पठायो

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर जम्मा गर्न थालेको छ । बैंकले पुस १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको डिम्याट खातामा १३% बोनस सेयर जम्मा गर्न थालेको हो । 
बैंकले त्यसपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको जनाएको छ । यद्यपि  अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकले जानकारी गराएको छ ।
यता २०७६ असार २७ गते पश्चात सेयर खरिद गरी कायम भएका सेयरधनीले बोनस सेयर पाउन पहिला कर तिर्नुपर्नेछ । बैंकले कर तिर्नका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ०३६०१०४०२६५५७७ मा आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: