×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ इन्सुरेन्सले पायो १९.२३% हकप्रद बिक्री गर्ने अनुमति

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सिद्धार्थ इन्सुरेन्सले १९.२३% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सिद्धार्थले ८ करोड ६२ लाख १२ हजार ५०० रुपैयाँको ८ लाख ६२ हजार १२५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएकाले अब केही समयभित्रै हकप्रद निष्कासन प्रक्रिया सुरु गर्ने कम्पनीले जानकारी दिएको छ । ५.२ः१ अनुपातमा आउने यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्दैछ । 
हाल सिद्धार्थ इन्सुरेन्सको चुक्ता पुँजी ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थले आठ करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८८ पैसा रहेको सिद्धार्थको प्रतिसेयर नेटवर्थ भने २६७ रुपैयाँ १८ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: