×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वदेशी लघुवित्तको आइपीओ शुक्रबारदेखि खुल्दै, कहाँ जाने सेयर भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ चैत्र २०७३, बिहीबार

PRIME CA
laxmi sunrise bank

स्वदेशी लघुवित्तको आइपीओ शुक्रबारदेखि खुल्दै, कहाँ जाने सेयर भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  शुक्रबारदेखि  स्वदेशी लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री खुला गर्ने भएको छ । प्राप्त जानकारी अनुसार  स्वदेशी वित्तीयले १ सय रुपैयाँ दरले ३ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । बिक्रि गर्न लागेको आइपीओबाट  १२ हजार कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । 
एनएमबि क्यापिटल लिमिटेडले स्वदेशीको आइपीओमा बिक्री प्रबन्धकको काम गर्दैछ। यसमा  न्यूनतम ५० देखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन पाइनेछ । आवेदन फारम स्वदेशीको केन्द्रीय कार्यालय, इटहरी ८ सुनसरी, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंबाट भर्न पाइनेछ । यसैगरी, एनएमबि बैंकका सूर्यविनायक भक्तपुर, काठमाडौंका तीनकुने र सीतापाइला र थैव ललितपुर शाखाबाट पनि आवेदन दिन पाइनेछ ।
उपत्यकाबाहिरपनि एनएमबि बैंकको बनेपा, विराटनगर, वीरगन्ज, बिर्तामोड, बुटवल, दैलेख, धनगढी, धरान, नारायणगढ चितवन, नेपालगन्ज, पोखरा, कैलाली, उर्लाबारी, इटहरी, रसुवा र सोलुखुम्बुको सल्लेरी शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हात्तिसार र सीबीआइएल क्यापिटल लिमिटेड डिल्लीबजार काठमाडौंबाट भने चेक मात्र बुझिनेछ । आस्वाबाट पनि आवेदन दिन पाइनेछ । यसबाहेक स्वदेशीले आवेदन दिने अन्य स्थान पनि थप गरेको छ । स्वदेशी लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १० करोड रुपैयाँ छ । लघुवित्तले जारी पुँजीको ३०५ आइपीओ बेच्न लागेको हो । यसआधारमा आइपीओ बिक्रीपछि स्वदेशीको संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत हुनेछ भने सर्वसाधारणको ३० प्रतिशत पुग्नेछ ।  
आइपीओ बिक्री बन्द चैत २९ गते हुनेछ । यस अवधिमा आवश्यकता अनुसार आवेदन नपरेमा भने बैशाख ८ गतेसम्म सेयर खुला हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: