×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिनाउले पायो धितोपत्र बोर्डबाट हकप्रद बिक्री अनुमति

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – तिनाउ विकास बैंकले धितोपत्र बोर्डबाट ३५% हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । बैंकले १०ः३.५ अनुपातमा ११ करोड ९४ लाख ७९ हजार ६०९ रुपैयाँको ११ लाख ९४ हजार ७९६.०९ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसआधारमा तिनाउले अब केही समयपछि ३५% हकप्रद सेयर निष्कासन गर्नेछ । तिनाउको यो हकप्रदमा सिद्धार्थ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । 
 तिनाउले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड १८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३८ करोड ७५ लाख ६० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा अहिले नौ करोड २३ लाख २१ हजार रुपैयाँ रहेको छ । तिनाउको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ५७ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: