×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिनाउ डेभलपमेन्ट बैंकको हकप्रदमा मूल्य समायोजन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तिनाउ डेभलपमेन्ट बैंकको ३५% हकप्रदमा मूल्य समायोजन गरेर ३८१ रुपैयाँ भाउ तोकेको छ । यस आधारमा हकप्रद समायोजनपछि बुधबार तिनाउको सेयर कारोबार प्रतिकित्ता ३८१ रुपैयाँमा खुलेको हो । बैंकको औसत आधार मूल्य भने ३९९ रुपैयाँ छ । तिनाउले १०ः३.५ अनुपातमा बैशाख १९ गतेदेखि हकप्रद बिक्री गर्दैछ । बैंकले १०० रुपैयाँ दरको ११ लाख ९४ हजार ७९६.०९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 
तिनाउले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड १८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३८ करोड ७५ लाख ६० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा ९ करोड २३ लाख २१ रुपैयाँ छ । तिनाउको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ४० रुपैयाँ ५७ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: