×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

टुरिजमले थप्यो ९ दिन हकप्रद भर्ने म्याद

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – टुरिजम डेभलपमेन्ट बैंकले १००% हकप्रद सेयर भर्ने म्याद ९ दिन थप गरेको छ । यो हकप्रदमा अब वैशाख २६ गतेसम्म आवेदन दिन पाइनेछ । तोकिएको समयभित्र सबै सेयर बिक्री नभएपछि बैंकले फेरि ९ दिन समय थप गरेको हो । यसअघि टुरिजमले चैत १३ देखि वैशाख १७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । बैंकले १ः१ अनुपातमा ९१ करोड ९७ लाख ७१ हजार २०० रुपैयाँ हकप्रद बिक्री गरेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सेयर बिक्री खुलाइएको हो । माघ ६ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद सेयर भर्न पाउनेछन् ।

बैंकको यो हकप्रद सेयरमा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । टुरिजम हाल मेघा बैंकसँग गाभिने प्रक्रियामा छ । आवेदन फारम एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड काठमाडौं र टुरिजम डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय नयाँ बानेश्वरसहित बैंकको अधिकांश शाखा कार्यालयबाट लिन र बुझाउन पाइनेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: