×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उपेन्द्र र गच्छदारलाई बालुवाटारमा प्रचण्डले मध्यराती बनाए ‘जोकर’

काठमाडौँ – गभ्भीर विषयवस्तुको छलफलका लागि वालुवाटारमा डाकिएको वैठकमा प्रधानमन्त्री प्रचण्डले दुई मधेसी शीर्षस्थ नेताहरुलाई उडाउनमै समय खर्चिए । उपेन्द्र यादवलाई  कुशल ज्योतिषका संज्ञा दिएका प्रधानमन्त्री दाहालले वावुराम भट्टराई भने खत्रा व्यक्ति भएको बताए । उनले आफूलाई सबैभन्दा बढी डर नै गच्छदारसँग लाग्ने पनि बताए । यसरी राती प्रधानमन्त्री प्रचण्डले यी दुई नेतालाई जोकर बनाएर अरुलाई हँसाए ।  बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओबादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका नेताहरु सहभागी थिए । वैठकको विषय निकै गभ्भीर थियो तर प्रधानमन्त्री प्रचण्डले कहिले उपेन्द्र यादवलाई उडाए कहिले गच्छदारलाई । गच्छदारसँग डरले आफू थुरुरु भएको अन्य नेतालाई सुनाए भने उपेन्द्र यादव भविष्यवक्ता भएको भन्दै उनलाई उडाए ।
प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादबलाई भविष्यबेत्ता भएको टिप्पणी गरे । प्रचण्डले अन्य नेताहरुलाई उपेन्द्र यादवले आफूलाई भनेको किस्सा सुँनाउदै भने ‘भारतको उत्तर प्रदेशमा चुनाव हुनुअघि नै एक दिन उपेन्द्रजीले मलाई त्यँहा त आदित्यनाथले जित्छन् भनेका थिए ।म एक रत्ति पनि विश्वस्थ थिँइन कि आदित्यनाथ त्यहाँ उदाँउछन भन्ने कुरामा । पछि त आदित्यनाथ मुख्यमन्त्री भए । म त झन छक्क परें ।
कसैले भन्न नसकेको कुरा उपेन्द्रले भने । उपेन्द्र त्यो लेबलको भविष्यबाणी गर्न सक्दा रहेछन् । अर्काे पनि उपेन्द्रको भविष्यवाणी सुनाए प्रचण्डले । उपेन्द्रले अघिल्लो बैठकहरुमा वैशाखमा ठूलो हावाहुरी आउँछ, त्यो हावाहुरीले ठूलो आन्दोलन पनि सँगै ल्याउँछ भनेका थिए । नभन्दै आयो । निर्वाचन आयोगको निर्णयलाई लिएर राप्रपा पनि सडकमा ओर्लियो, बाबुरामजीहरु पनि सडकमा आए । थारु कमरेडहरु (विजय गच्छदार) पनि मसँग रिसाए ।
प्रचण्डको कुरा सिद्धिने वित्तिकै गच्छदारले मुख खोले आफुलाई प्रधानमन्त्रीले नभेटेको १ महिना १४ दिन पुगेको बताए । यसमा दुखेसो पनि पोखे । प्रधानमन्त्री प्रचण्डले जवाफ फर्काए ‘ ए हो, है त ? १ महिना १४ दिन मात्र हो र ? मैले त अझै धेरै भएछ पो भन्ने ठानेको थिएँ । मैले तपाईलाई के के दिन्छु भनेको थिएँ तर दिन नसकेर तपाईंसँग भेटन डर लागेर आयो । म त उहाँसँग डरले थुरुरु भएँ । – एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: