×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘मृत्युयोग परेकाले मंगलबार आमाको मुख हेर्न नहुने कुरा हल्लामात्रै’, भ्रममा नपर्न ज्योतिषहरुको आग्रह

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – गाउँघरमा केहि पण्डितहरुले मंगलबार आमाको मुख हेर्ने औंशीका दिन यसपाली आमाको मुख हेर्न नहुने भन्ने भ्रम छरेको भन्दै उक्त हल्लाको पछी नलाग्न ज्योतिषहरुले आग्रह गरेका छन् ।
‘गाउघरतिर जनसर्वसाधारणलाई भोली मृत्‍युयोग परेकोछ । आमाको मुख हेर्नहुँदैन भनेर भ्रमित पार्ने दुस्प्रयास गरिएको पाइयो । वास्तवमा त्यस्तो केही छैन।’ ज्योतिष डा. सुनील सिटौलाले फेसबुकमा लेखेका छन् । साथै अन्य ज्योतिषहरुले पनि शास्त्रअनुसार त्यस्तो योग केहि नपरेको दावी गरेका छन् ।
‘विहानदेखि यस्तै हल्लाबारे अनेकौं फोन आइरहेका छन् ।’ ज्योतिष पण्डित श्रीधर पौडेल भन्छन्, ‘त्यस्तो केहि योग परेको छैन । यो हल्लामात्र हो ।’    
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: