×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आमा-बाबुसँगै सुतेको डेढ बर्षको बालक ओछ्यानबाटै गायब !

धादिङ – आमा बाबुसँगै राति सुतेका बेनिघाटरोड ३ बागुराङका डेढ बर्षीय बुद्धिलाल चेपाङ ओछ्यानबाटै बेपत्ता भएको खबर आजको कान्तिपुरमा छ । अस्थायी टहरामा बस्दै आएका सोमबहादुर दम्पतीले बालक राती २ बजेतिर ओछ्यानबाटै गायब भएको बताएको प्रहरीले जनाएको छ । त्रिपालले बेरेर बनाएको टहराबाट बालक हराएका थिए ।
‘टहराको ढोका छेउमा आफू सुतेर श्रीमती र छोरालाई कुनापट्टि सुताएको थिएँ’, सोमबहादुरले भने, ‘बिहानपख उठेर हेर्दा सँगै सुतेको जोठो छोरा थियो तर कान्छो ओछ्यानमा थिएन ।’ काखमा रहेको छोरा हराएपछि आमा मनमाया अचेत बनेकी छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: