×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अब बैंकमा एकभन्दा बढी खाता खोल्न नपाइने, एटिएम पनि एकभन्दा बढी लिन रोक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैंकमा एकभन्दा बढी खाता हुनेहरु धेरै छन् । विभिन्न कारणले एकभन्दा बढी खाता खोलिएको हुन्छ । तर अवदेखि बैंकमा एकभन्दा बढी खाता खोल्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एउटै बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्तिको एकभन्दा बढी बचत खाता संचालनमा ल्याउन रोक लगाएको छ ।
राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार मुद्दती खाता बाहेकका अन्य खाताको हकमा एउटा व्यक्तिले एकभन्दा बढी खाता चलाउन र एटिएम कार्ड लिन नपाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको यो निर्देशिका लागु भइसकेको बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: