×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सीइओ सापहरुलाई हुनेभो सकस : बाफियामा लालमोहर लागेपछि यी बैंकरहरुको जागिर हुने भो ‘चट्’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा लालमोहर लागेपछि विभिन्न बैंकरहरुको जागिर जाने भएको छ । २ कार्यकालय भन्दा बढी सीइओ बस्न नपाउने व्यवस्थासहितको बाफिया पारित भएपछी यस्तो अवस्था देखिएको हो ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले सोमबार राजिनामा दिएका छन् । इक्षाराज तामाङले बेइज्जतीपूर्ण रुपमा बैंकबाट निकाल्ने प्लान बनाएको थाहा पाएपछि उनले बाफियाको कारण देखाउंदै राजीनामा दिएका छन् । यता मेगा बैंकका सीइओ अनिल शाहको पनि जागिर जाने भएको छ । उनको कार्यकालपनि पारित बाफियाअनुसार अव अगाडी बढ्न सक्दैन ।
त्यस्तै हिमालयन बैंकका सीइओ अशोक राणा, सिटिजन बैंकका सीइओ राजनसिंह भण्डारी, बैंक अफ काठमाण्डूका सीइओ अजय श्रेष्ठ, सिदार्थ बैंकका सीइओ सुरेन्द्र भण्डारी, प्राइम बैंकका सीइओ नारायणदास मानन्धरको पनि २ कार्यकालका कारण जागिर जाने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: