×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङ एक्स्पोमा बैंकरहरुको यत्रो ‘इन्सल्ट’ ! (हेर्नुहोस् ‘इन्सल्ट’का ५ घटना)

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – शुक्रबारदेखि सुरु भएको बैंकिङ एक्स्पो ‘फ्लप’ त भएको छ नै, कार्यक्रममा आयोजकको लापरवाहीले केहि बैंकरको नमज्जासँग ‘इन्सल्ट’ भएको छ । केहि जानी जानी र केहि नजानेर नै गरिएका कामले बैंकरहरुको इन्सल्ट भएको देखिएको हो । हुन त आयोजकले गरेका केहि ‘इन्सल्ट’का घटनाले बैंकरहरुलाई राम्रै पाठ सिकाएको छ । तर आम नागरिकले बैंकर भनेपछि दिने इज्जतमा भने केहि ‘अलिनो’ प्रभाव परेको देखिन्छ ।  हेरौं इन्सल्टका केहि घटनाहरु :
इन्सल्ट नम्बर १ : अनील शाहलाई हातमा रिवन राखेर गभर्नरलाई काट्न लगाइयो :
यो तस्विर बैंकिङ खबर डटकमबाट लिइएको हो ।  
हुन त यो तस्विरलाइ सकारात्मक आँखाले पनि हेर्न सकिन्छ । एक बैंकरले गभर्नरले रिवन काट्दा रिवन समाए त के बिगारे ? तर छेवैमा रहेका आयोजक संस्थाका संयोजकले ताली पिटीरहंदा अनील शाहले रिवन समाएको सुहाएन भन्ने चर्चा चल्यो कार्यक्रममा । कतिले त अरु बेलामा पनि गभर्नरलाइ नै मात्र सहयोग गर्ने हो, अहिलेपनि गरे भनेर व्यंग्यसमेत गरे । अनील शाहलाई आदर्श पात्र मान्नेहरुले भने यसलाई ‘इन्सल्ट’कै रुपमा लिए ।
इन्सल्ट नम्बर २ : एनसीसी बैंकका मार्केटिङ अफिसरलाइ आसन ग्रहण गराउँदा सीइओनै छुटे ! 
 
कार्यक्रमको औपचारिक उद्घाटन सकिएर अर्थ सरोकार डटकमका प्रतिनिधिसँग कुराकानी गर्दै खुसुक्क भने, ‘अर्कोपटकदेखि यस्ता ‘झारे’ एक्स्पोमा भाग लिइन्न ।’ ‘लौ के भयो र ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘एनसीसी बैंकका मार्केटिङ अफिसरलाइ आसन ग्रहण गराउँदा मलाइ छुटाए । नो मेनेजमेन्ट एट अल’ ! झनक्क रिसाएका उनले फेरी भनिहाले, ‘सुरज जी मेरो नामनै कोट गरेरचाहिं नालेखिदिनुहोला, तपाइँ अलि खरो मान्छे, यो न्यूजचाहिं लेखिदिनुस् है ! मलाइ त एकदम इन्सल्ट गरेको फील भो। ‘      

इन्सल्ट नम्बर ३ : ५ लाख अवलोकनकर्ता ल्याउँछु भनेर प्रपोजल थियो, त्यहि अनुसार स्टाफ खटाइयो तर, ‘हात्ती आयो हाती आयो फुस्सा’ भयो एक्स्पो !
केहि बैंकरहरुले आयोजकको पोल खोले । ५ लाख अवलोकनकर्ता ल्याउने भनेर बैंकसँग ५० हजारदेखि डेढ लाखसम्म लिएको रहेछ आयोजकले । तर लाख त परे जाओस्, पूरै ३ दिनमा ५ हजार अवालोकनकर्ता पुर्याउनपनि आयोजकलाई मुस्किल देखिएको छ । बैंकको काम छोडेर धेरै स्टाफ खटाइएका केहि बैंकका प्रतिनिधिले भने, ‘एकदम इन्सल्ट फील भयो । पैसा खोलामा बग्यो ।’     

इन्सल्ट नम्बर ४ : जव आयोजककै कसैले अनिल शाहलाई व्यंग्य गरे 
अनील शाह नेपाल इन्भेष्टमेन्ट बैंकका बैंकरहरुको विशेष अनुरोधमा उनीहरुसँग फोटो खिच्न गए । अनिल शहापनि हाँस्दै उक्त फोटोमा सामेल हुन राजी भए । तर त्यहिबेला आयोजककै एक प्रतिनिधिले साथीलाई भनेजसरी प्वाक्क बोले, ‘अव मेगामा दिन गइगो, यतै आउने हो कि क्या हो ?’ सुन्नेहरु हाँसे । अनिल शाहले पनि सुनेको भान भयो । किनकि आयोजक प्रतिनिधिले त्यसो भनेर जिस्किंदा एकाएक अनील शाहको अनुहार मलिन भयो । उनको मलीन अनुहार तस्विरमा देख्न सकिन्छ ।
इन्सल्ट नम्बर ५ : सरकारी बैंकको स्टलमा न पानी न पंखा !
सुरुदेखि नै विभिन्न बैंकरहरुले स्टलमा पानी ल्याउनुपर्ने भनीरहेका थिए । तर आयोजकले स्टलको डिजाइनपनि यसरी गरेछ कि सरकारी बैंक अर्थात नेपाल बैंक र बैंक लिमिटेड र नेपाल राष्ट्र बैंकको स्टलमा भने पंखा नै छुटेछ । पटक पटक भन्दापनि आयोजकले पंखा नल्याईदिएपछि यो सव देखिरहेकाहरुले भने, ‘सरकारी बैंक र बैंकरलाइ त एकदम इन्सल्ट गरे यार आयोजकहरुले !’

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: