×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हाम्रो प्रश्न, ‘बैंकिङ एक्स्पोमा नयाँ के रहेछ ?’ अवलोकनकर्ताको ठट्यौली जवाफ, ‘क्यालेन्डर’ !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना भइरहेको कार्यक्रममा हेर्न लायक केहिपनि नभेटिएको गुनासो धेरै अवलोकनकर्ताले गरेका छन् । एक्स्पोमा भएका अधिकांस स्टलले विभिन्न पत्रपत्रिकामा दिएको सुचनाअनुसारकै ब्याजदर, र बैंकका प्रोडक्टबारे सामान्य जानकारी बाहेक कार्यक्रममा केहि खास नदेखिएको अवलोकनकर्ताको गुनासो छ । 
नयाँ के छ त एक्स्पोमा ?
हामीले कार्यक्रम अवलोकन गरेर फर्केका केहि अवलोकनकर्ताहरुलाई बैंकिङ एक्स्पोका बारेमा सोधेका थियौं । हाल एमबीएस अध्ययन गरिरहेका विद्यार्थी लक्ष्मण श्रेष्ठ भन्छन्, ‘बैंकिङ एक्स्पो एकदम गलत समयमा आयोजना गरिएको रहेछ । अहिले माष्टर्सको परिक्षा चलिरहेको छ । परिक्षाको ग्यापमा के रहेछ भनेर हेर्न आएको, नयाँ खास केहि रहेनछ ।’ आफु सेयर बजारसम्बन्धी जानकारी लिन आएको बताउने उनले सेयर बजारलाई एक्स्पोले ‘प्रायोरिटी’मा नराखेको बताए । ‘सरसर्ती घुमियो । सबैले ब्याजकोमात्र कुरा गरे । नयाँ केहि रहेनछ ।’
एक्स्पो अवलोकन गरेर फर्केका काठमाडौँ बस्ने मनोज चन्दले भने कार्यक्रममा बैंकहरुको जानकारी भएकाले कार्यक्रम औसत भएको प्रतिक्रिया दिए । ‘पहिलोपटक आयोजना भएकाले कार्यक्रम ठिकै हो । नयाँ केहि नभएपनि प्रयास राम्रो छ । एक्स्पो हुनुनै राम्रो कुरा हो । अझै व्यवस्थित गरेको भए सार्है राम्रो हुन्थ्यो । सेयर बजारसम्बन्धी जानकारी दिने स्टललाइ बढी ‘फोकस’ गरेको भए हुन्थ्यो । जे होस् पहिलोपटक भएकाले मलाई राम्रै लाग्यो कार्यक्रम ।’ उनले भने ।
यता केहि अवलोकनकर्ताले भने ठट्यौली जवाफ समेत फर्काए । ‘एक्स्पोमा नयाँ के रहेछ त ?’ हाम्रो प्रश्नमा काठमाडौँ बस्ने जोन ढकालले जवाफ दिए, ‘क्यालेन्डर’ । हाम्रो प्रश्नमा उनले दिएको जवाफ सुनेपछि नजिकै रहेका सबै हाँसेका थिए । उनका अनुसार सोचे अनुरुप एक्स्पोमा केहिपनि देखिएन । ‘विद्यार्थीहरुकालागिपनि हो एक्स्पो भन्ने सुनेको थिएँ । त्यहि भएर आएको । तर विद्यार्थीलाइ सहयोग हुने खालको कुनैपनि खालको स्टल वा कार्यक्रम देखिएन ।’ उनले भने । 

पहिलो प्रयास भएकाले सराहाना गर्नुपर्छ 
यता एक्स्पोमा केहि नयाँ नदेखिएपनि वा कार्यक्रममा व्यवस्थापन एकदमै कमजोर देखिएपनि पहिलोपटक भएकाले कार्यक्रमको सराहाना गर्नुपर्ने अवलोकनकर्ताहरुले बताएका छन् । कोटेश्वर, काठमाडौँबाट मेला अवलोकन गर्न गएका दुर्गेश श्रेष्ठ भन्छन्, ‘नेपालमा पहिलोपटक यस्तो एक्स्पोको सुरु भएको छ । त्यसैले एक्स्पो जेजस्तो भएपनि सराहना गर्नुपर्छ ।’ उनका अनुसार राष्ट्र बैंकले आफैं पहल कदमी लिएर यस्ता कार्यक्रम गर्दा अझै राम्रो हुन्छ । ‘नीजी कम्पनीले आयोजना गरेको भनेपछि जनताले हेर्ने नजरपनि खास राम्रो नभएको पक्कै हो । यसलाई नेपाल राष्ट्र बैंकलेनै आयोजना गरेको भए कार्यक्रम अझ राम्रो हुने थियो ।
कार्यक्रममा उपस्थित विभिन्न बैंकका प्रतिनिधिहरुलेपनि कार्यक्रम असफल भएको स्वीकार्दै पहिलो पटक भएकाले सिक्ने धेरै ठाउँ रहेको बताएका छन् । ‘यो त सिकाइको सुरुवात हो । हामीले यसबाट धेरै सिक्यौं । आयोजकलेपनि कमीकमजोरीहरु पहिल्याउने काम गरे होलान् । विभिन्न बैंकका प्रतिनिधिहरुले पनि बुझे होलान् । यसलाई सकारात्मक आँखाले हेर्नुपर्छ ।’ एक बैंकको स्टलमा भेटिएका सहभागीले भने ।


योपनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: