×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारले मधेसी मोर्चाका माग पूरा गर्न अकस्मात बैठक बोलायो

काठमाडौँ  – मधेसी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोधन प्रस्ताव परिमार्जनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक आइतबार बिहान ११ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शनिबार सत्तापक्ष र मधेसी मोर्चाबीच भएको छलफलले संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति गरेको थियो ।
सरकराले तीनवटा प्रदेशको निर्वाचन बैशाख ३१ गते गर्ने र बाँकी चार प्रदेशको जेठ ३१ गते गर्ने मधेसी मोर्चासँग सहमति भएको छ । मधेसी मोर्चाले भने संविधान संशोधन प्रस्ताव परिमार्जन गरिए त्यसलाई मान्ने र निर्वाचनमा सहभागि हुने जनाएको छ । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: