×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘डेमो’ हेर्न गएका लगानीकर्ता ‘बेवकुफ’ बनेर फर्के ! नेप्सेको ‘चम्चागिरी’ गर्दै कम्पनीले देखायो यस्तो नाटक !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – कुपन्डोल हाइटमा रहेको समिट होटलमा बिहिबार विहान लगानीकर्ताको उत्सुकता बेग्लै थियो । ब्रोकरहरुपनि उस्तै उत्साहित थिए । कारण अनलाइन कारोबार प्रणालीको डेमो देखाउने भन्दै बैठक डाकिएको थियो । हिजो अर्थात बुधबार नेप्सेमा डेमो देखाइएको खबर पाएका लगानीकर्ता, र ब्रोकर उक्त ‘डेमो’ हेर्न उत्साहित थिए । बिहिबार समिट होटलमा पुगेका आर्थिक पत्रकारहरुपनि डेमोबारे न्यूज ब्रेक गर्न उत्साहित थिए । 
तर सबैजना त्यो बेला दु:खी भए जव अनलाइन कारोबार प्रणाली निर्माता कम्पनीले ‘प्र्यांक’ गरेको शैलीमा सबै लगानीकर्ताहरुलाई ‘बेवकुफ’ बनाएर पठायो । कार्यक्रममा डेमो त परै जाओस्, लगानीकर्ताहरुको जिज्ञासाको समेत पूर्ण रुपमा समाधान गरिएन । कम्पनीले आफुले बनाउन लागेको अनलाइन प्रणालीका बारेमा र त्यसमा काम गर्ने केहि भारतीयहरुलाई चिनजान गरायो र सिष्टममा कसरी काम हुन्छ भन्ने कुराको ‘फ्लोचार्ट’ मात्र प्रस्तुत गर्यो । 


सबैलाई झुक्याउने काम भयो 
केहि दिन अगाडी उक्त अनलाइन प्रणाली निर्माता कम्पनी ‘योमरी’ मा बसेको लगानीकर्ता संघका पदाधिकारी र पत्रकारहरुको बैठकमा कम्पनीले अप्रिल १९ मा ‘डेमो’नै देखाउने भनेको थियो । तर एकाएक १९ अप्रिलमा कम्पनीले नेप्सेलाई मात्र देखाउने र भोलिपल्ट अर्थात आज २० तारिखका दिन लगानीकर्ताहरुलाईपनि उक्त प्रणालीको डेमो देखाउने भनेर निर्णय गरेको थियो । तर नेप्सेलाई हिजो ‘डेमो’ नै देखाएको कम्पनीले आज एकाएक ‘यो डेमो होइन, सिष्टमबारे जानकारी मात्र हो’ भन्दै ‘वेवकुफ’ बनायो । हिजो नेप्सेलाई देखाइएको जस्तो कुनैपनि प्रस्तुती दिइएन भने सिष्टमको सामान्य परिचयमै कार्यक्रमलाई बिट मारियो । हिजो अर्थात बुधबारनै नेप्सेले लगानीकर्ताहरुलाई अहिले ‘डेमो’ नदेखाउन अनौपचारिक निर्देशन दिएको हल्ला चलेको थियो । त्यहि हल्ला आजको कार्यक्रममा सहि साबित भयो ।

सहभागीहरुको गुनासो, गाडीको ‘टेष्ट ड्राइभ’ भनेर हेर्न आएको गाडीको चित्र मात्र देखाएर फर्काइयो 
डेमो हेर्न भनेर गएका अधिकांस सहभागीले कार्यक्रमलाई ‘बकवास’ भन्दै फिर्ता भए । ‘डेमो’ भनेर कम्पनीले लगानीकर्ता र ब्रोकरहरुलाई नेप्सेको चम्चागिरी गरेको शैलीमा झुक्याएको उनीहरुको आरोप थियो । कार्याक्रममा सहभागी भएका अधिकांस लगानीकर्ताले आफ्नो अपेक्षा अनुरुप कम्पनीले केहिपनि नदेखाएको आरोप लगाए । ‘हामीलाई त केटाकेटीजस्तो व्यवहार भयो । ‘डेमो’ भनेर हेर्न आएको, कम्पनीले बनाउन लागेको सिष्टमको परिचय मात्र दिएर फर्काइयो । गाडीको ‘टेष्ट ड्राइभ’ भनेर हेर्न आएको गाडीको चित्रमात्र देखाएर फर्काइयो ।’
नेप्सेमा देखाइएको र आज देखाइएको कुरा पूरै फरक 
नेप्से उच्च स्रोतले अर्थ सरोकार डटकमलाई हिजो बेलुका सम्पर्क गरी ‘डेमो’बारे दिएको जानकारी र आज कम्पनीले देखाएको डेमोमा पूरै फरक थियो । सीधा अर्थमा भन्दा आज केहिपनि देखाईएन । नेप्सेले यतिसम्म जालझेल गर्ने प्रयास गरेको देखियो कि, लगानीकर्ताले यहि आशंका गर्छन् भनेर त्यसको झुठो स्पष्टीकरण दिन समेत अनौपचारिक मान्छे खटाइएको देखिएको लगानीकर्ताहरुले आरोप लगाए । नेप्सेमा हिजो अनलाइन कारोबार प्रणालीको ‘डेमो’नै देखाइएको थियो भने आजको कार्यक्रममा सो कुराहरु केहिपनि देखाइएन । नेप्सेका केहि प्रतिनिधिले हिजोको डेमो हेरेपछि केहि आफ्ना साथीभाईले दिएको जानकारीकै आधारमा आज उक्त ‘डेमो’ हेर्न जानेहरु खल्लो मानेर फर्के ।

लगानीकर्ता संघ ‘जिल्ल’ परेर फर्कियो
नेपाली लगानीकर्ताहरुका लागि यो कार्यक्रम आयोजना गर्न खुब दबाब दिइरहेको सेयर लगानीकर्ता संघपनि कम्पनीले डेमो देखाउने भन्दै ‘बेवकुफ’ बनाएपछि जिल्ल परेर फर्किएको थियो । ‘हाम्रो त बेइज्जतनै भयो । यस्तो पनि डेमो हुन्छ ? खोइ डेमो !’ नाम कोट नगरिदिनुहोला, बेइज्जत हुन्छ । तर हामीलाई त केटाकेटीजसो पो सम्झिने काम भयो त !’ सेयर लगानीकर्ता संघका एक पदाधिकारीले अर्थ सरोकार डटकमसँग भने । संघकै केहि पदाधिकारीहरु त कार्यक्रममा डेमो नदेखाउने भन्ने जानकारी पाएकाले नआएको चर्चा पनि कार्यक्रममा राम्रैसँग चल्यो ।  

‘स्लाइड’ दिन नमानेपछि चर्चाचर्की !
यता ‘डेमो’ भन्दै अनलाइन कारोबार प्रणाली निर्माण गर्ने कम्पनीले सामान्य परिचयमात्र भएको ‘पावरपोइन्ट’ स्लाइड देखाएर जनता झुक्याउने काम गरेपछी केहि लगानीकर्ताले उक्त ‘स्लाइड’ कम्पनीसँग मागेका थिए । कम्पनीले नेप्सेले कसैलाई पनि उक्त स्लाइड नदिनु भन्ने जानकारी दिएको भन्दै स्लाइड दिन नमानेपछि केहि बेर केहि लगानीकर्ता र कम्पनीका प्रतिनिधिहरुबीच चर्काचर्कीनै परेको थियो । लगानीकर्ताहरुलाई ‘बेवकुफ’ बनाइएको र यो ‘डेमो’ भन्ने के हो भन्ने कुरा लगानीकर्ताले थाहा पाउनुपर्ने भन्दै उक्त स्लाइड दिन लगानीकर्ताले ‘प्रेसर’ दिइरहंदा कम्पनीले नेप्सेको अनुमति नभएकाले सो कार्य गर्न नसकिने स्पष्टीकरण दिएको थियो । 

के भन्छ कम्पनी ?
अनलाइन कारोबार निर्माता कम्पनी योमरीका प्रबन्ध निर्देशक रहेका दीपेश प्रधानले एकाएक कार्यक्रममा यो डेमो होइन भनेपछि सबैको कन्सिरी तातेको भान हुन्थ्यो । ‘डेमो भनेर किन झूक्याएको त ? भन्ने अर्थ सरोकार डटकमको प्रश्नमा कम्पनीका प्रबन्ध निर्देशक प्रधानले नेप्सेले अनुमति दिएको कुरा मात्र देखाउन मिल्ने बताए । ‘नेप्सेमा हिजो देखाइएको कुरा र आजको कुरा त फरक पर्यो नि ?’ भन्ने अर्थ सरोकारको प्रश्नमा प्रधानले भने, ‘कतिपय कुराहरु नेप्सेको अनुमति विना देखाउन मिल्दैन । त्यहि भएर तपाईंहरुलाई मिल्नेजति कुरा देखाइएको हो ।’ ‘अस्ती त डेमो नै देखाउने भन्ने कुरा थियो त ?’ अर्थ सरोकारको पुन: प्रश्नको उत्तर दिंदै प्रबन्ध निर्देशक प्रधानले भने, ‘हामीले नेप्सेको अनुमति बिना त के नै गर्न मिल्छ र ?’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: