×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले ‘चुतिया’हरुको पार्टी हो : देउवा

  • अर्थ सरोकार सम्बादद़ाता 
भैरहवा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाइ ‘चुतिया’हरुको पार्टी भएको आरोप लगाएका छन् । भैरहवामा मंगलबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले एमालेले पहाडे राष्ट्रवादको कुरा गरेर मधेसीलाई हेपिरहेको आरोप लगाउँदै यस्तो बताएका हुन् । 
‘मधेसी पहाडेवीच झगडा गराउने षड्यन्त्र भइरहेको छ, हामीले सावधान हुनुपर्छ । एमाले नेताहरुले पहाडे राष्ट्रवाद भन्दै मधेसीलाई हेप्ने काम गरिरहेका छन् । एकथरिले मधेसवाद भन्दैछन्, एकथरिले पहाडवाद भन्दैछन् । नेपाली कांग्रेस मधेसको पार्टी हो, कांग्रेस मधेसमै जन्मिएको हो । एमाले त चुतियाहरुको पार्टी हो ।’ उनले भने । 
यता कार्यक्रमलाइ सम्बोधन गर्दै देउवाले संविधान संशोधन गरी छाड्ने बताएका छन् । ‘हामी संविधान संशोधन गरिरहेका छौं । यसलाई पास गराएरै छाड्नेछौं । र कसैले पनि चुनाव हुँदैन कि भन्ने शंका नगर्नोस् । चुनाव हुन्छ, हुन्छ, हुन्छ ।’ उनले भने । 
आफ्नो पार्टी अब्बल पार्टी भएको दावी गर्दै उनले भने, ‘नेपाली कांग्रेस ००७ सालमा राणा शासन ढालेको पार्टी हो ।ञ्चायतलाई ढाल्ने पार्टी हो । राजासमेत हटाएर गणतन्त्र ल्याउने पार्टी हो । सुशील कोइरालाको नेतृत्वमा संविधान बनाएको पार्टी हो ।सैलाई प्रजातन्त्र खोस्न नदिने एकमात्र पार्टी कांग्रेस हो । त्यसैले कांग्रेसलाई जिताउनैपर्छ ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: