×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिंहदरबार छेउमै यस्तो धन्दा, के हेर्दैछ सरकार ?

काठमाडौं – बजारमा अखाद्य र म्याद नाघेको सामानको अनुगमन र निरीक्षण गर्दै हिँडेको आपूर्ति मन्त्रालयसहित सिंहदरबारका सबै मन्त्रालयमा म्याद नाघेका अखाद्य सामानको सप्लाइ हुने गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
मन्त्री र सचिवको खाजाका लागि मन्त्रालयमा सप्लाई हुँदै आएको डाइजेस्टिभ बिस्कुट, म्यागी चाउचाउलगायतका उपभोग्य सामान अखाद्य रहेको पाइएको हो । आपूर्ति मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले पनि पटक-पटक सरकारी निर्देशन नमानेको मनोज भन्ने माइलाको पसललाई फेरि ३ दिने म्याद दिएर छाडेको छ । सिंहदरबरारका सबै मन्त्रालयमा रहेका क्यान्टिन तथा प्रहरीको उच्च तहमा म्याद नाघेका सामान सप्लाई हुने गरेको उक्त पसलको संरक्षणमा मन्त्रालयसम्मको हात रहेको देखिएको छ ।
पटक-पटकको अनुगमनमा गएर सामान्य निर्देशन दिएर छोड्नु र पसलले निर्देशन वेवास्ता गर्नु मिलेमतोमा हुने अवैध धन्दाको पराकाष्ठाा हो । सिंहदरबारको पूर्वी गेटनजिकै रहेको माइला किराना पसलबाट मन्त्रालयमा सप्लाई हुने गरेको हो । तर त्यही पसल विना दर्ता सञ्चालनमा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: