×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिम टि.भीले ल्यायो अज्जबको फाईदा गज्जबको अफर, फाइबरनेट जडान गर्दा मासिक शुल्क निःशुल्क हुने

  • अर्थ सरोकार संबाददाता
काठमाडौं । डिशहोमको फाइबरनेटमा सिम टि.भी.ले अज्जबको फाईदा गज्जबको अफर संचालनमा ल्याएको छ । डिशहोमको फाइबर जडान गर्दा सिम टि.भी.को मासिक शुल्क निःशुल्क हुने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्चगतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबरनेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउदैँ आएको छ ।
डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा ड्रुप वाएर समेत नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैसेपाटी, नख्खु, कपन, वौद्ध, पेप्सीकोला लगायतका ठाउँमा संचालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने भएको छ । बिगत लामो समयदेखी केबल टि.भी.को प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवोर्क प्रा. ली. ले अहिले पछिल्लो समयमा ईन्टरनेट सेवा प्रदान गर्न थालेको हो । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रविधीबाट एउटा फाइबर वाएरबाट ईन्टरनेट र टि.भी चल्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: