×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यीनै हुन् महिला पत्रकारमाथि हातपात गर्ने प्रहरी !

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले पत्रकार दिया चन्दमाथि हातपात गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रम प्रहरीले बिथोलेको फोटो खिचेको भन्दै उनलाई प्रहरीले हातपात गरेको हो । उनको क्यामरा समेत प्रहरीले खोसेको छ । 

अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले आफूमाथि हातपात भएको बताएकी छिन् भने आफ्नो फेसबुकमा पनि उनले आफूमाथि हातपात भएको पोष्ट गरेकी छिन् ।  पत्रकार दिया चन्द हाल इमान्दार मिडिया डटकममा सञ्चालक छिन् ।

सामाजिक सन्जालमा उनले लेखिकी छिन् , ‘यो कस्तो देश ? यो कस्तो लोकतन्त्र ? स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्न पनि नपाइने ? कञ्चनपुरमा कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रम प्रहरीले बिथोलेको छ । प्रहरी हस्तक्षेपको फोटो खिच्दा र भिडियो लाइभ दिन खोज्दा प्रहरीले मलाइ हातपात गरेको छ । साथै मेरो क्यामरा पनी खोसिएको छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: