यी ७ कारण फेसबुक अकाउन्ट 'ब्लक' हुन्छ ! यसरी जोगिन सक्नुहुनेछ !


काठमाडौँ - अहिलेको दुनियाँमा धेरैमान्छेको दोश्रो दुनियाँ भइसकेको छ फेसबुक । साथीभाईसंग कुराकानी गर्न होस् वा व्यवसाय गर्न फेसबुक सबैभन्दा सजिलो माध्यम भएको छ । तर त्यहि फेसबुक ब्लक भयो भने सार्है तनाव हुनु स्वाभाविक हो । फेसबुक विभिन्न कारणहरुले ब्लक हुन्छ । त्यसैले तपाईंको फेसबुक बन्द हुनबाट बच्न यसो गर्नुहोस् ।     

 १. नचिनेका मान्छेलाई अनावश्य मेसेज नपठाउनुहोस् । एकै पटक धेरैमान्छेलाई उस्तै खालका मेसेजहरु नपठाउनुहोस् ।  

२.  समाजमा विचलन ल्याउने खालका वा सद्भाव भड्काउने खालका पोष्टहरु नगर्नुहोस् ।

३. अश्लील सामाग्रीहरु पोष्ट नगर्नुहोस् ।  

४. अरुको 'कपिराइट' भएको सामाग्री पोष्ट नगर्नुहोस् ।

५. पोक बढी नगर्नुहोस् । 

६. धेरै ग्रुपमा जाने काम नगर्नुहोस् । 

७. अनावश्यक फ्रेन्ड र गेम रिक्वेस्ट पनि नगर्नुहोस् ।

८.तपाईंको प्रोफाइलमा नचिनिने खालेको फोटो वा कार्टुन सकेसम्म नराख्नुहोस् ।

९. फेसबुकमा पूर्ण विवरण राख्नुहोस् ।

१०. आफ्नो फोन नम्बर फेसबुकमा 'भेरिफाइ' गर्नुहोस् ।    
प्रकाशित : Sunday, April 16, 2017
,

recent

Popular Posts