×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ठग कम्पनीका मालिक एफएनसीसीआइको बरिष्ट उपाध्यक्ष निर्वाचित ! यस्तो छ गोल्छा समूहको ‘लुट’ कहानी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कालोबजारी ऐन विपरित मोटरसाइकलहरु बेचेर जनता ठग्न पल्किएको ‘ठग’ कम्पनी बजाजका मालिक शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ट उपाध्यक्ष निर्वाचित भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि मंगलबार भएको चुनावबाट गोल्छा उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी किशोर प्रधानले गोल्छालाई माला लगाएर बधाई दिएका छन् ।
यता अर्को बर्ष ठग कम्पनीका यी मालिक नै महासंघका अध्यक्ष हुनेछन् । यस बर्षबाट महासंघको विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्षनै अध्यक्ष हुने ब्यवस्था राखिएकोपछी कानुनको धज्जी उडाउदै जनता लुटिरहेको कम्पनीका यी मालिक एफएनसीसीआइका अध्यक्ष बन्नेछन् । यसले नेपाल उद्योग वाणिज्य महासंघपनि फोहोरी राजनीतिको चंगुलमा परेको र ठगहरुले देशको गौरवशाली संस्थाको नतृत्व गरेर विधिको शासनकै उपहास भएको सरोकारवालाहरुको तर्क छ । 
यता जिल्ला तथा नगरको उपाध्यक्षमा प्रधान समुहका प्रमोद श्रेष्ठ बिजयी भएका छन् भने वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । एशोसियटतर्फबाट भने चन्द्रप्रसाद ढकाल निर्बिरोध उपाध्यक्ष भएका छन् । चन्द्र ढकालले नेतृत्व गरेको कम्पनी चन्द्रागिरी  हिल्स लिमिटेडले पनि जनता ठगीरहेको समाचार पटक पटक नेपाली मिडियामा सार्वजनिक भएका छन् । यसले उनको प्यानलमा धेरै जनता लुट्न पल्केका ठग र जनतामारा भएको सरोकारवालाहरुको तर्क छ ।  
यसरी कोहि मोटरसाइकल बेचेर त कोहि केवलकार चलाएर जनता नै ठगीरहेकाहरु प्यानल नै बनाएर एफएनसीसीआइमा पुग्नुले एफएनसीसीआइलाइ ठग व्यवसायीहरुको संज्ञा दिइने डर भएको समेत सरोकारवालाहरुको आशंका छ । 
यस्तो छ गोल्छाको लुट कहानी 

यस्तो थियो नक्कली भ्याट बिल प्रकरण :
केहि बर्षअघि दिवाकर गोल्छाको नेतृत्वमा रहेको गोल्छा समूह अन्र्तगतको हिम इलेक्ट्रोनिक्सकोले छ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको थियो । हिम इलेक्ट्रोनिक्सको जिम्मा गोल्छा समूहका उदियमान निर्देशक शेखर गोल्छाको नेतृत्वमा छ । भ्याट बिल प्रकरणमा परेको अघिल्लो बर्ष  गोल्छा समूहकै अर्को र्फम नियोटेरिक पनि राजस्वको अनुसन्धानमा दोषी पाइएको थियो । यही कम्पनीले अगि्रम मिती राखेर भ्याट विल जारी गरेपछि राजस्वले गोल्छा समूहलाई शंकाको घेरामा राखेको थियो । यहींबाट आन्तरिक राजस्व विभागले नक्कली भ्याट विलको कारोवार भैरहेको हुनसक्ने अनुमान गरेको थियो । तर पछि पुतलिसडकको एउटा र्फममा छापा मार्दा दुई सयभन्दा बढी कम्पनीको नक्कली भ्याट विल फेला पारेपछि भ्याट छलिसम्वन्धी अहिलेसम्मकै ठूलो अपरेशन सुरु गरिएको थियो ।
बजाज ब्राण्डका मोटरसाइकल बेच्दा पनि यसरि  जनता लुटिरहेका छन् गोल्छा 
बजाज ब्रान्डका मोटरसाईकल बेच्ने गोल्छा ग्रुपकै कम्पनी हंसराज हुलासचन्द गोल्छा एंड कम्पनी प्रालिले कालोबजारी गरेर जनता लुटीरहेको छ । कालोबजारी ऐन अनुसार कुनै पनि सामान बेच्दा २०% भन्दा बढी नाफा राख्न नपाउने भन्ने स्पष्ट नियम भएपनि गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिने गरेको छ । कम्पनीले ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको बाइकलाई ४ लाखमा बेचिरहेको छ । जुन सरासर गैरकानुनी हो ।

गोल्छा ग्रुपले यतिसम्म लुट मच्चाईरहेको छ कि डिस्कभर १२५ ड्रम बाइकमा कम्पनीले ४१ प्रतिसत नाफा कुम्ल्याईरहेको छ । कम्पनीले १ लाख २२ हजार पाँच सय १० मा सबै कर र राजस्वसमत तिरेर ल्याएको बाइक एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ । जुन तथ्य पनि सरासर कालोबजारी हो । २०% भन्दा बढी नाफा खान नपाइने भएपनि कम्पनीले पल्सर २०० आरएस बाइकमा २३ प्रतिसत नाफा खाएर नेपालीहरुलाई ठगी गरिरहेको छ । त्यतिमात्र कहाँ हो र ? कम्पनीले बिक्रि गर्ने अधिकांस समानमा जनता ठगिने गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: