×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देशको लागि सिके राउत भन्दा केपी ओली धेरै खतरनाक – गगन थापा (भिडियोसहित)

काठमाडौँ – नेपाल सरकारका स्वास्थ्य मन्त्री तथा कांग्रेस नेता गगन थापाले काठमाण्डौंको एक सभालाई सम्बोधन गर्दै एमाले र केपी ओली प्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । आफ्नो भाषणमा अधिंकाश समय एमाले प्रति आक्रोशित गगन थापाले राप्रपा लाई लक्षित गर्दै मन्दिरमा भएका मुर्तिहरु बेच्नेले धर्म खतरामा परेको भन्ने गरेको बताए ।
प्रचण्ड सरकारले हाल संसदमा दर्ता गरेको प्रदेशहरुको सिमांकनको नक्शा केपी ओली आफैँले कोरेको भन्दै त्यहि सिमांकन संसोधन संसदमा पेश गर्दा नेपाली कांग्रेस रास्ट्रघाती हुने र एमाले चाहि रास्ट्रबादि हुने भन्दै,ओलीप्रति आक्रोश ब्यक्त गरे। उनले सिके राउतलाई मधेशका युवाले तह लगाउँने भन्दै सिके राउतको कारण नभई एमालेको कारण रास्ट्रियता धरापमा परेको आरोप लगाए।
गगनले अगाडि भने-‘भारत र चिनलाई गाली गर्न नहुँने भन्दै ,अध्याँरो कोठामा गएर छोराछोरीका निम्ती छात्रवृद्धि माग्ने अनि मन्चमा आएर नेपालको रास्ट्रियता खतरामा छ भन्दै भारतलाई गालि गर्ने एमाले प्रबृति बुझ्न आबश्यक रहेको बताए । हेर्नुहोस् भिडियो 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: