×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

थुतुनो कन्ट्रोल गर्ने आधा दर्जन उपाय !

जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै । ‘देश खारेज गर’ भन्दै चिच्याएपछि जिब्रोमात्र हैन, दिज्यू नै उत्तानो पर्नुभो ।यसबाट सिकेर सबैले जिब्रो नियन्त्रण गर्ने कलाको बिकास गर्नु जरुरी छ ।
जिब्रो नियन्त्रणका आधा दर्जन गजुरीयल उपाय यस प्रकार छन् ।
१.सबैभन्दा पहिले दिमागलाई ठण्डा राख्नु पर्दछ । किनकी शरीरका प्रत्येक अंगहरु मस्तिष्कसंग जोडिएका हुन्छन् । जिब्रो त झन् दिमागको सबैभन्दा नजिककोमित्र पऱ्यो । माथा गरम हुंदा जिब्रोलाई लटर पटर बनाईदिन्छ । लटर पटर जिब्रोले भन्नुपर्ने कुरो बिर्सिन्छ । नभन्नु पर्ने कुरोचिप्ल्याई दिन्छ ।
२.मनलाई शान्त राख्नु दोश्रो उपाय हो । शब्दको निर्माण मनमा हुन्छ । मनमा निर्माण भएको शब्दलाई दिमाग सम्पादन गर्छ । सम्पादित शब्द जिब्रोको माध्यामबाट बाहिर निस्किन्छ । अशान्त मनले कुन शब्द सही हो, कुन वाक्य गलत हो थाहा पाउंदैन । कुन कुरा सोच्नु हुन्छ, कुन कुरा बोल्नुहुन्न, जान्दैन । जिब्रोको अराकता नियन्त्रणकालागि योग र ध्यानको प्रयोग सहयोगी हुने गजुरीयल ठम्याई छ ।
३.जिब्रो चिप्लिनबाट बंच्ने अर्को उपाय शरीरको भाषा बुझ्नु हो । हृदयमा शब्द बन्नु अघि शरीरमा बिभिन्न खालका संबेदनाहरु पैदा हुन्छन् । शरीरमा राम्रो संबेदना आयो भने मनमा राम्रै शब्द बन्छन् । नराम्रा संबेदनाहरु आए भने नराम्रै शब्द बन्छन् । त्यसैले शरीरमा नराम्रो संबेदना आएका बेला सकेसम्म मौन बस्नाले जिब्रो चिप्लिने कार्य कम हुन्छ ।
४अर्को उपाय हो, मिठाई चुसि रहने। चुइम्गम चपाई बस्ने । पान खाई रहने । सुपारी टोकी रहने । त्यसो गर्नाले मनमा आएका कुराहरु नियन्त्रण हुन्छन् । बेला न कुबेला फुत्किंन पाउंदैनन् । नराम्रा शब्द उच्चारण भएकाछन् भनेपनि राम्रो बनेर बाहिर निस्किन सक्छन् भन्ने गजुरीयल अनुमान छ ।
५.जिब्रोलाई सकेसम्म तामसी भोजन नगराउनु उपयुक्त हुन्छ । बियर नपिउने, ह्विस्की नचुसाउने, आक्रमक शब्द बोल्न नदिने गर्नुपर्छ । गुलियो, पिरो, चर्को, चिल्लो खानाले पनि जिब्रो चिप्लिने डर हुन्छ । खानै परे जिब्रोले थाहा नपाउनेगरी घुटुक्क पार्नुपर्छ ।
६.देख्दा जिब्रो पुग-नपुग २०० ग्राम होला । तर शरीरमा यसको ठुलो महत्व छ । दुई इन्चीको जिब्रोको स्वादकालागि सिंगो शरीर अस्वस्थ नबनाऔं । त्यती सानो जिब्रो कारणले सिंगो नामलाई बदनाम नगराऔं । जिब्रो नियन्त्रण गरौं, मानसिक र सामाजिक स्वाश्थ सभ्य र शिष्ट बनाऔं ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: